इजरायली सेनाले भन्यो- गाजामा तीन बन्धकको शव फेला परेको छ

डिसी नेपाल
६ जेठ २०८१ १२:४१

काठमाडौं । इजरायली सेनाले उत्तरी गाजाको जबलियामा सुरक्षा बलले तीन जना बन्धकको शव फेला पारेको जनाएको छ।

शव फेला परेका शनि लुक, अमित बसकिला र इत्जाक रहेका छन् । इजरायली रक्षा बलहरूले भनेअनुसार यी मानिसहरूलाई अक्टोबर ७ मा नै मारिएको थियो र गाजा लगिएको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार बन्धकहरूको शव गाजाको सुरुङमा फेला परेको थियो।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । यस आक्रमणमा १२ सय मानिस मारिएका थिए । त्यसपछि हमास लडाकुहरूले गाजामा २५२ जनालाई बन्धक बनाएका थिए।

यसको जवाफमा इजरायली सैन्य कारबाहीमा गाजा र वेस्ट बैंकमा हालसम्म ३४ हजारभन्दा बढी मानिस मारिएका छन् ।

तीन जनाको शव फेला परेका मध्ये एक जर्मनीका शनि लुक रहेका छन् ।

शानि लुक जर्मनीकी एक पर्यटक थिइन् जो गाजा सीमा नजिकै आयोजित एक सुपरनोभा संगीत महोत्सवमा भाग लिइरहेकी थिइन्।

त्यसपछि हमासका चरमपन्थीहरूले चौतर्फी आक्रमण गरे र आतंकित मानिसहरू पार्टीबाट आफ्नो ज्यान जोगाउन मरुभूमितर्फ दौडिन थाले।

शनि लुककी आमा रिकार्डाले शनिलाई समातिएपछि उनको भिडियो हेरेकी थिइन् । टाउकोमा गम्भीर चोट लागेका कारण गाजामा शनिको अवस्था निकै नाजुक रहेको उनले पछि थाहा पाएको बताइन् ।

अहिले शनि लुकको शव फेला परेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *