राष्ट्रपति ट्रम्पका कानुनमन्त्रीले दिए पदबाट राजीनामा

डिसी नेपाल
३० मंसिर २०७७ ४:५८

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनल्ड जे ट्रम्प नेतृत्वको सरकारका कानूनमन्त्री विलियम बिल बारले राजीनामा दिएका छन् । ट्रम्पको कार्यकाल सकिन एक महिना र ६ दिनमात्र बांकी हुंदा उनले राष्ट्रपति ट्रम्पलाई डिसेम्बर १३ शुक्रबार भेटेर राजीनामा दिएका हुन् ।

निर्वाचनमा पराजित भएपछि राष्ट्रपति ट्रम्पले निर्वाचन परिणामलाई उल्टाउन कानुनी दाउपेजका उपलब्ध भएसम्मका सबै हत्कण्डाहरु प्रयोग गर्दै आएका छन् । उनका प्रयासहरुलाई अमेरिकाका सबै तहका अदालतहरुले अस्वीकार गर्दै आएका पनि छन् ।

निर्वाचनमा धांधली भएको आरोप लगाउंदा सामाजिक सञ्जालहरुमा लगाताररुपमा आक्रामक पोष्टिङ्ग गर्दै आएका राष्ट्रपति ट्रम्पको धारणाको प्रतिकुल हुने गरी एटर्नी जनरल बारले निर्वाचनमा धांधली भएको सत्य नभएको धारणा केही हप्ताअघि सार्वजानिक गरेका थिए । आफ्नो प्रयासका विरुद्ध आफ्नै कानुनमन्त्रीको भनाइ सार्वजानिक भएपछि राष्ट्रपति ट्रम्प उनीसंग आक्रोशित भएका थिए ।

दुई शीर्ष नेताहरुका बीच आपसी सम्बन्धमा समस्या देखिएपछि एटर्नी जनरल बारले राष्ट्रपति ट्रम्प पदबाट अनिवार्यरुपमा हट्नु केही हप्ताअघिमात्र पद त्यागको घोषणा गर्दै राजीनामा दिएका हुन् ।

एटर्नी जनरल बारले यस्तो दिनमा राजीनामा दिएका छन् जुन दिन इलेक्टोरल कलेजका माध्यमबाट आधिकारिकरुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइड राष्ट्रपति निर्वाचित भएका छन् ।

इलेक्टोरल कलेजका ५३८ मध्ये राष्ट्रपति ट्रम्पले २३२ भोट पाएभने वाइडेनले ३०२ मत पाएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल कलेज मतको आवश्यक पर्दछ ।

यसैबीच राष्ट्रपति ट्रम्पले एटर्नी जनरल बारले राजीनामा दिएलगत्तै उनको राजीनामा सार्वजानिक गर्दै डेपुटी एटर्नी जनरल जेफ रसेनले निमित्त भई एटर्नी जनरलको काम गर्ने जानकारी ट्वीटरमार्फत दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *