२.२ मिलियन फलोअर भएकी युवतीलाई इन्स्टाग्रामले किन प्रतिबन्ध लगायो ?

डिसी नेपाल
३० मंसिर २०७७ १०:५५

काठमाडौं। अमेरिकी पोर्नस्टार केन्ड्रा सन्डरल्याण्डलाई इन्स्टाग्रामले प्रतिबन्ध लगाएको छ । सन्डरल्याण्डले नशाको हालतमा इन्स्टाग्राममा मनपरी पोस्ट गर्न थालेपछि इन्स्टाग्रामले उनीमाथि प्रतिबन्ध लगाएको हो । उनले इन्स्टाग्रामको नीति विरुद्ध हुने जुनसुकै कुरा पोस्ट गर्न सक्ने बताएकी थिइन् । इन्स्टाग्रामका सीइओ एडम मोसेरीसँग आफ्नो अफेयर रहेकाले आफूसँग जुनसुकै कुरा पोस्ट गर्न सक्ने विशेष अधिकार रहेको उनले दावी गरेकी थिइन् ।

डेलीमेलका अनुसार २५ वर्षकी सन्डरल्याण्डले इन्स्टाग्राममा एक टपलेस फोटो अपलोड गरेपछि इन्स्टाग्रामका सीइओसँग अफेयर रहेको दावी गरेकी थिइन् । यो फोटो इन्स्टाग्रामले हप्तौंसम्म पनि डिलिट नगरेपछि यसले ठूलै हलचल ल्याएको थियो । यो फोटो अपलोड गरेको केही समयपछि उनले इन्स्टाग्राममा स्टोरी शेयर गर्दै आफ्नो अकाउन्ट अझैसम्म डिलिट नभएको बताएकी थिइन् । अहिले सल्डरल्याण्डको अकाउन्ट ब्लक गरेपछि इन्स्टाग्रामले उनको इन्स्टाग्रामका सीइओ वा अन्य कुनै कार्यकारीसँग कुनै सम्बन्ध नभएको स्पष्टीकरण दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *