अभिनेत्री आत्महत्या प्रकरणमा उनका श्रीमान पक्राउ

डिसी नेपाल
३० मंसिर २०७७ १४:३४

काठमाडौं। दक्षिण भारतीइ अभिनेत्री भिजे चित्राको केही दिन अघि चेन्नइको एक होटलमा शव भेटिएको थियो । झुण्डिएको अवस्थामा भेटिएकी चित्राले आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको थियो । तर, यो घटनाले अचानक नयाँ मोड लिएको छ । टाइम्स अफ इण्डियाका अनुसार ६ दिनको अनुसन्धानपछि चेन्नइ पुलिसले चित्राका श्रीमान होमनाथलाई पक्राउ गरेको छ ।

सूत्रका अनुसार होमनाथले चित्रालाई टिभी सिरियल र अन्य शोमा इन्टिमेन्ट र बोल्ड दृश्य गरेको भन्दै गाली गरेका थिए । पुलिसले उनलाई आत्महत्याको लागि उक्साएको आरोपमा पक्राउ गरेको छ । चित्राकी आमाले हालै आफ्नी छोरीको मृत्युमा उनका श्रीमान जिम्मेवार रहेको बताएकी थिइन् । चित्रा लामो समयदेखि पांडियन स्टोर सिरियलमा काम गरिरहेकी थिइन् । यो सिरियलमा उनले मुलइको भूमिका निभाइरहेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *