चर्चित पोर्न वेबसाइटबाट ९० लाख भिडियो डिलिट !

डिसी नेपाल
३० मंसिर २०७७ १५:४०

काठमाडौं। चर्चित पोर्न वेबसाइट पोर्नहबले आफ्नो साइटबाट दशौं लाख भिडियो हटाएको छ । वेबसाइटमा भेरिफाइड नभएका प्रयोगकर्ताले अपलोड गरेका भिडियोहरु हटाइएको हो । द गार्डियनका अनुसार सोमबार यो क्यानेडियन वेबसाइटमा भिडियोको संख्या ४० लाखमा झरेको छ । यसअघि साइटमा भिडियोको संख्या १ करोड ३० लाख थियो ।

पोर्नहबमाथि यसअघि नाबालिग र यौन तस्करीको शिकार भएका माहिलाको भिडियो साइटबाट हटाउन असफल भएको आरोप लाग्ने गरेको थियो । यसअघि न्यूयोर्क टाइम्सको एक रिपोर्टमा साइटमा ठूलो संख्यामा आपत्तिजनक, गैरकानुनी भिडियो भएको दावी गरिएको थियो । त्यसपछि दुई प्रमुख क्रेडिट कार्ड कम्पनी भिसा र मास्टरकार्डले पोर्नहबको भुक्तानी प्रोसेस नगर्ने घोषणा गरेका थिए ।

पोर्नहबमा अब भेरिफिकेसनबिना भिडियो अपलोड गर्न पाइने छैन । कम्पनीले एक बयानमा साइटका सबै कन्टेन्टको लागि भेरिफिकेसनको शर्त लागू भएको बताएको छ । रिपोर्टअनुसार पोर्नहबको यो निर्णयले लाखौं यौनकर्मी र मोडलको दैनिक गुजारामा समस्या हुन सक्छ किनकि अहिलेसम्म जुनसुकै युजरले भिडियो अपलोड गर्न पाउने गरेकोमा अब धेरैले अपलोड गर्न पाउने छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *