जसलाई न्याय दिनेले नै गर्भपतन गर्न दवाव दिए – Dcnepal

जसलाई न्याय दिनेले नै गर्भपतन गर्न दवाव दिए

मधेसकी युवतीका लागि निदायो काठमाडौं नारीवाद

काठमाडौं। विषय प्रवेश गर्नु पूर्व मैले केही प्रतिनिधि घटनालाई यहाँ प्रस्तुत गर्नु उपर्युक्त ठाने। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपश्चात हत्या भयो। हत्यारा पत्ता लाग्न सकेको छैन। तर, नेपालभरि नै निर्मलाको नाम भज्नेको कमी देखिएन। दुईपांग्रे, चार पांग्रेदेखि, पोलपोलमा निर्मलाले न्याय पाउनुपर्छ भन्दै प्रचार प्रसार गरियो।

महिला अधिकारकर्मीहरुले सडक आन्दोलन नै गरे। पुरुषहरु पनि आन्दोलनमा सहभागी नभएका भने होइनन्। सडकबाट नै निर्मलाको हत्यारा पत्ता लाग्ने र सडकमै कारवाही हुनुपर्छ भन्ने अनुभूति हुन्थ्यो जब आँखामा आन्दोलनका झिल्काहरु पर्थे, कानमा नारावाजीका बाण रोपिन्थे। तर, निर्मलाले न्याय पाइनन्। आन्दोलन असफल भयो।

यो अलि पहिलाको घटना हो। भरखरै मात्रका प्रतिनिधि घटनाहरु पनि छन्। बाजुरामा बलात्कारीलाई गाउँमै मिलाउँदा उनले अर्को जघन्य अपराध गरे। बालिका सम्झना कामीको पनि बरबरतापूवर्क बलात्कार पश्चात हत्या भयो।

काठमाडौंका सडक तातिएनन्। कोरोनाका कारण पनि हुन सक्छ भनौं भने राजनीतिक दलहरुको आह्वानमा सडकमा वेपर्वाह मानिसहरु जुलुसमा निस्किएकै छन्। सम्झना कामीबारे ठूलो आवाजमा बोलिएनन्।

पेटमा भएको बच्चालाई अनेकौं लाल्छनाका बाबजुद पनि जन्म दिइन्। अस्पतालमा लागेको सम्पूर्ण खर्च पूर्व डिआइजी रमेश खरेलले दिए। सेवा गर्नका लागि नारीवादका भाषण गर्नै पर्दैन, अधिकारकर्मीको परिचयपत्र गलामा झुण्ड्याउनै पर्दैन भन्ने गतिला उदाहरण हुन खरेल। खरेलले अस्पतालको सम्पूर्ण खर्च उठाइरहँदा महिला अधिकारकर्मी निहारिकाबाट पन्छिदै थिए।

मंसिर महिनामा पनि महोत्तरीको वर्दिवासमा ६ वर्षीका गुलाब शाह खातुनको बलात्कारपश्चात हत्या भयो। स्थानीयलाई दुख्यो तर काठमाडौंलाई दुखेन। बालिकादेखि वृद्धासम्म बलात्कृत भएका घटनाहरु एकपछि अर्को बाहिर आउन थालेका छन्। विभिन्न वाहानामा ललाई फकाई होस् वा जवरजस्ती करणी बलात्कार अपराध नै हो, जघन्य अपराध।

गत असोजमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खोलामा नवजात शिशुको शव फेला पर्यो। असारमा चितवनको भरतपुरमा पनि नवजात शिशुको शव फेला परेको प्रहरीले जानकारी गराएको थियो। कात्तिकमा सप्तरीमा बालुवामा आधा गाडेको अवस्थामा नवजात शिशुफेला परेको प्रहरीको तथ्यांकमा छ।

सप्तरीमै बलात्कृत भएकी किशोरीले न्याय नपाएपछि आत्महत्या गरिन्। गाउँलेहरुले प्रहरीमा उजुरी दिन जान नदिएपछि उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ। समाजका यी घटनाहरु प्रतिनिधि घटनामात्र हुन्।

माथि उल्लेखित सबै प्रतिनिधि घटनाबाट आफूलाई बचाउँदै तीन महिनाको काखे बालक च्यापेर काठमाडौं प्रवेश गरेकी निहारिका ललितपुरस्थिति एउटा कोठाको चिसो ठाउँमा बस्न बाध्य छन्। खाने पिउने र ओड्ने ओछ्याउने केही कुरा पनि गतिलो छैन।

घरभित्र लाखौंका बेडहरुमा सुतिरहेका नारी अधिकारकर्मीहरुको आँखा सामाजिक अन्यायले थिल्थिलो भएकी निहारिकाको पीडामा किन पुगेको छैनन्? के जुलुस नारा लाग्न वा न्यायको आवाज उठ्न पीडितको ज्यान ज्यानै पर्छ ,मर्नै पर्छ र नारी अधिकारकर्मीज्यूहरु?

‘मैले बच्चालाई मार्दिनु? यसको गल्ती के थियो?’, निहारिकाका यी प्रश्नहरुको जवाफ कसैसँग छैन। समाजले उनलाई र उनको गर्भमा आएको बच्चालाई कलंका लगायो। प्रेमीले प्रेम लिए, यौन स्वीकार गरे तर जात नमिल्ने भएपछि विवाह स्वीकारेनन्, धोका दिए। उनी आफूले पुग्नसक्ने सबै ठाउँ पुगिन्।

‘जिल्ला प्रहरी कार्यालयका महिला सईदेखि जिल्लामा महिलाको उद्धारको नाममा संघसंस्था खोलेर बसेका कथित नारी अधिकारकर्मीले पहिला साथ दिने आश्वासन दिए, अन्त्यमा साथ छोडे,’ निहारिकाले भनिन्, ‘सबै पैसाकै पछि लागेका थिए।’

प्रहरी कार्यालयका महिला सेलका सईले बच्चा फाल्न दिएको दवाबबाट एउटा नारीवादको गला रेटियो। अनि महिलाले नै महिलाका अपराधीलाई प्रहरीको नियन्त्रणबाट छुटाउने रचिएको प्रपञ्चले अर्कोपटक नारीवाद सर्बाङ्ग भयो।

त्यतिमात्र हैन निहारिकाका अनुसार महिलाका हकहितका लागि खोलिएका संघसंस्थामा पुरुषहरुको आउजाउ र पैसाका लागि गरिने कार्यले नारीवादको धज्जी उडाएको छ। उनका लागि ती नारीवादीहरुको मुखुण्डो उघ्रेको छ जसले नारीका नाममा पेट पालेका छन् तर न्यायका लागि साथ दिनुको साटो जवर्जस्ती गर्भपतन गराउन दवाव दिएका छन्।

आफ्नो गृहजिल्लामा संसार छोडेर माया गरेको प्रेमीले धोका दिएको विछिप्त मन, सहयोग गर्नेले पैसाकापछि लागेर आफूलाई वेवास्ता गर्दाको पीडा र आमाबुवाबाट नै घृणित जीवनले काठमाडौंका नारीवादीलाई पनि चुनौति थपेको छ। तर, सुतेको छ काठमाडौंको नारीवाद। एउटी नारीले तीन महिनाको बच्चा काखी च्यापेर सहयोगका लागि हात फैलाइरहँदा कसैको नजर उनीमाथि पर्न सकेको छैन।

यसरी, महिलाले महिलालाई हेर्ने दृष्टिकोणका कारण आज समाजमा महिला अधिकारकर्मी भन्नेमाथि प्रश्न चिन्न खडा भएको छ। के निहारिका मधेशको महिला भएका कारण काठमाडौैंको नारीवाद निदाएको हो?

के निहारिकाको नाम भजेपछि डलरको बोटमा रुपैयाँ फल्ने भएर हो? वा, राजनीतिका माथिल्ला तहसम्म निहारिकाको पहुँच नभएका कारण काठमाडौंको नारीवाद निदाएको हो? यी प्रश्नहरु अनुत्तरित छन्।  समाजसँग ९ महिनाको जीवन मृत्युको युद्ध लडिन् उनले।

पेटमा भएको बच्चालाई अनेकौं लाल्छनाका बाबजुद पनि जन्म दिइन्। अस्पतालमा लागेको सम्पूर्ण खर्च पूर्व डिआइजी रमेश खरेलले दिए। सेवा गर्नका लागि नारीवादका भाषण गर्नै पर्दैन, अधिकारकर्मीको परिचयपत्र गलामा झुण्ड्याउनै पर्दैन भन्ने गतिला उदाहरण हुन खरेल। खरेलले अस्पतालको सम्पूर्ण खर्च उठाइरहँदा महिला अधिकारकर्मी निहारिकाबाट पन्छिदै थिए।

ललितपुरको चिसो कोठाभित्र तितो अनुभव सुनाउँदै थिइन् उनी, ‘मलाई रमेश खरेल सरले धेरै सहयोग गर्नु भयो। उहाँले मेरो अस्पतालमा लागेको खर्च ब्यहोर्नु भएको थियो। तर, कतिपय महिला अधिकारकर्मीले मलाई त्यही अस्पतालमा बेहोस भएको अवस्थामा छोडेर गए। कतिपयले मलाई नै गलत देखाए त कतिपयले मेरो पेटको बच्चा फालेर आफ्नो जीवन जिउने तरिका सिकाए।’

नारीवाद सुते पनि यो देशमा न्यायलय छ। सरकारको महिला तथा बालबालिका मन्त्रालय पुरुषको जिम्मेवारीमा छ। निहारिकाजस्ता हजारौं बालिकाले कहिले न्याय पाउने? के पुरुषहरुले चाहेको खण्डमा निहारिकाले न्याय पाउँदिनन्?

अनेकौं पार्टीको झण्डाबोक्ने हातहरुले आफ्नै घरको दिदी बहीनी, वा कोही अरु परिवारको सदस्यका निम्ति कहिले न्याय बोक्ने? के यो देशका युवाहरु पार्टीका झोले मात्र हुन्? तपाई सचेत पुरुषहरुको समाजमा न्याय स्थापनाका लागि कुनै भूमिका हुँदैन?

समाजमा भएका कथित अधिकारकर्मीहरुले डलरकै लागि नारीवादका कुरा गर्ने हो भने निहारिकाको काखमा भएको तीन महिनाको बालकको पुस्ताले कथित अधिकारकर्मीलाई नधिकार्ला भन्न सकिँदैन।

अर्को पुस्ताका लागि भए पनि समाजमा सबैले समान अधिकारका साथ बाँच्न पाउने वातावरणको सिर्जना गरिनु पर्छ। बेलैमा जागोस काठमाडौंको नारीवाद, न्याय पाउन निहारिकाले।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो