‘छन्द कविताले जसरी पाठक र श्रोताको मन मस्तिष्क तान्छ, त्यसरी छन्दमुक्त कविताले तान्न सक्दैन’ – Dcnepal

‘छन्द कविताले जसरी पाठक र श्रोताको मन मस्तिष्क तान्छ, त्यसरी छन्दमुक्त कविताले तान्न सक्दैन’

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता महोत्सव २०७७ मा प्रथम हुन सफल कविता ‘नेपालको गीत’ को रचियता भैरवी भूगोल साहित्य क्षेत्रमा नौलो नाम होइन। पछिल्लो समय ‘अस्वीकृत शालीनता’ कविता संग्रह बजारमा ल्याएकी भूगोलका यस अघि पनि कविता र गजल संग्रह बजारमा छ।

आमाले गाउने छन्द कविताका हरफहरु सुनेर हुर्केकी भैरवी मुक्त छन्दमा कविता लेख्ने कवियत्री हुन्। तर, श्रीमान बलराम दाहालले पनि छन्दमा नै कविता लेख्ने गर्छन्। सानोमा आमाले पनि छन्दमा कविता सुनाउँथिइन्, अहिले श्रीमान पनि छन्दमा कविता लेख्छन्। तर। भैरवी भने मुक्त छन्दमा कविता लेख्छिन्।  साहित्यकार भैरवीसँग गरिएको कुराकानीको सम्पादित अंश :

प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा यहाँको कविताले प्रथम स्थान हासिल गर्न सफल भएको छ। यहाँलाई यस्तो लागेको थियो?

नेपाल प्रज्ञा प्रतिष्ठानले लामो समयदेखि हरेक वर्ष कविता महोत्सव आयोजना गर्दै आएको थियो। र, मैले अहिलेसम्म कहिलै पनि कविता पठाउन पाएकी थिइन। समयले साथ नदिएको र चित्त बुझ्दो कविता आफूले लेख्न पनि सकेकी थिइन।

हरेक वर्ष कविता महोत्सवमा उपस्थित हुन्थें, हेर्थें। बजारमा हल्ला पनि सुन्थे प्रतिष्ठानको कविता महोत्सवमा पहिला नै विजयीहरुको नामलिष्ट तयार हुन्छ भनेर। यो वर्ष लकडाउन भयो। मैले कविता पनि लेखेकी थिएँ।

साच्चिँकै बाहिर बोलेजस्तै कुरा हुन्छन कि हुँदैनन् भन्ने कुरा बुझ्न पनि मैले कविता बुझाएकी थिए। मेरो कविताले पहिलो स्थान हासिल गर्यो जुन मैले सोचेकी पनि थिइन।

बजारमा हल्ला भएजस्तै प्रज्ञामा कविहरुको मुल्यांकन नभएको पाउनु भयो त?

बजारमा हल्ला भएजस्तो होइन रहेछ। प्रज्ञामा निष्पक्ष कविताहरुको मुल्यांकन हुने रहेछ। नेपाल प्रज्ञा प्रतिष्ठानले गर्ने कविता महोत्सव चाहीँ स्वच्छ प्रतिस्पर्दा नै भएको मैले अनुभूति गरेँ। कविहरुलाई उत्साहित हुने मौका मिलेको छ। आफूले पनि आफ्ना कविताहरुलाई बुझाएर प्रतिस्पर्दामा कविहरु जानु पर्ने रहेछ भन्ने मैले अनुभूति गरेकी छु।

तपाईँले प्रथम पुरस्कार हासिल गरिरहँदा अन्य प्रतिस्पर्धीको प्रतिक्रिया कस्तो पाउनु भयो?

पहिला त म कविता बुझाउने ५ सय २ जनालाई नै सम्झिन चाहन्छु। उहाँहरु को को हुनुहुन्थ्यो भन्ने त मलाई नै थाहा छैन। त्यसपछि छनोटमा पर्नु भएका ३० जना मध्ये २६/२७ जनालाई मैले चिन्छु। उहाँहरु मेरो अनन्य मित्र पनि हुनुहुन्छ। उहाँहरु सबैको प्रतिक्रिया राम्रो नै पाएकी छु।

आफू प्रथम भएका कारण यहाँलाई प्रज्ञामा निष्पक्ष मुल्यांकन भएको लागेको हो कि? कतै साथीहरुले फेरि पक्षपातबाट नै भूगोलको कविता उत्कृष्ट भयो भन्ने शंका पालेका पो छन कि?

मैले मात्र अनुभूति गरेको कुरा हैन। नेपाल प्रज्ञा प्रतिष्ठानको कविता महोत्सव निष्पक्ष भएको वर्ष यही हो। मैले भनेकी हैन। सबैले महशुस गरेको अवस्था हो। हरेक वर्ष अलिअलि भए पनि विवाद आएका थिए।

यो वर्ष विवादरहित भयो भन्ने कुरा सबैले अनुभूत गरेकै कुरा हो। मेरा साथीहरुले पनि त्यो अनुभूत गुर्न भयो होला। वास्तवमै विवाद यो वर्ष देखिएन।

‘गाइ रहुन नेपालको गीत, जननी जन्मभूमिश्चः स्वर्गादपी गरिएसी’। यो कुरालाई सबै नेपालीले आफ्नो गित बनाएर गाउँनु पर्छ। आफ्नो ढुकढुकीमा साच्नु पर्छ भन्ने उद्येश्यले उक्त शिर्षक राखेकी हुँ।

बरु यो छन्द कविता प्रतिष्ठानमा कम पुरस्कृत हुने हो कि भन्ने अलिकति गुनासो आएको छ। अहिले पनि छन्द कविता पनि एउटामात्र पुरस्कृत भइसकेको छ।

जसरी मुक्तछन्द कवितामा सबै भावहरु अटाउन सकिन्छ, त्यसरी छन्द कवितामा लय शुत्र मिलाउँदा त्यो भाव नआउने भएका कारण पनि मक्त छन्द कविता अलि बढी ओजस्पी भएको हो की भन्ने करो पनि उठेको छ। विवादरहित महोत्सव हुनु भनेको सबै सर्जक र स्वयम् प्रज्ञा प्रतिष्ठानको पनि गर्वको विषय हो भन्ने लाग्छ।

यहाँको कविता यात्रा कहिलेदेखि सुरु भयो ?

म कक्षा ६ मा पढ्दा कविता यात्रा सुरु भएको हो। पढ्दै गर्दा लेखेको कविता पुरस्कृत भएपछि कविता यात्रा सुरु भएको मान्न सकिन्छ। त्यतिबेला मेरा मानसपटलमा आउने कुरा र अहिलेको फरक छ।

त्यो अनुभूति र अहिलेको अनुभूति शिक्षा, उमेर लगायत हरेक कुराले फरक छ। मैले कुन अनुभूतिले लेखे हुँला। महिलावादी कविता लेखेकी थिएँ।

त्यो बेलाको र अहिलेको लेखाइमा कति भिन्नता पाउनुहुन्छ ?

आकास जमिनको फरक छ। त्यो बेला र अहिले परिवर्तनहरु असाधै धेरै भएका छन्। तपाईँ हाम्रा अगाडि, राजनीतिक, सांस्कृतिक परिवर्तनहरु भएका छन्। त्यसले गर्दा कविता लेखको विधि पनि फरक हुनु स्वभाविक नै हो।

यहाँको कविताको शिर्षकमै नेपालको गीत भन्नु भएको छ। यो कविताको शिर्षकका विषयमा कुनै प्रश्नहरु आए?

मलाई पनि यो विषयमा कुरा गर्नु पर्छ झै लागको थियो। कविताको शिर्षक नेपालको गित, अलिकति सुन्दा पनि गित हो कि कविता भन्ने होला। अरुले के अनुभूति गर्नुभयो होला भन्ने लाग्यो। तर, म के कुरामा ढुक्क थिएँ भने कविताको शिर्षक राख्ने कुरामा गित शब्दलाई कविताको अन्त्यमा पुष्टि गरेको छ।

‘गाइ रहुन नेपालको गीत, जननी जन्मभूमिश्चः स्वर्गादपी गरिएसी’। यो कुरालाई सबै नेपालीले आफ्नो गित बनाएर गाउँनु पर्छ। आफ्नो ढुकढुकीमा साच्नु पर्छ भन्ने उद्येश्यले उक्त शिर्षक राखेकी हुँ।

यहाँले कविता लेख्दा भूपी शेरचनको झैँ, लैख्ने च्यात्ने फाल्ने फेरि लेख्ने गर्नु हुन्छ कि एक सरसर्ती जानुहुन्छ ?

मेरो कविता लेखाई अरुभन्दा अलि फरक छ। म सँग नजिक हुने साथीहरुलाई पनि यो कुरा थाहा छ। जस्तै मैले आज एउटा कविता लेख्छु भनेर लागे भने धेरै कविता लेख्छु। कस्तो भयो भन्ने हेर्दैन तर जति आउछन् त्यति लेख्छु र अन्तमा सबै कविताहरुको सार एउटा कविता बनाउँछु। त्यो कवितालाई धेरै सम्पादन गरिरहन पर्दैन। सामान्य मैले लेख्न खोजेको कविता आयो कि आएन त भन्ने कुरा मात्र हेर्नु पर्छ। यसरी भनौं की ती पहिला लेखिएका कविताहरु उक्त कविताकोलाई ईँटा हुन्।

कविता लेखेर शिर्षक छान्नु हुन्छ की, विषयवस्तु रोजेर, शिर्षक छानेर कविता लेख्नु हुन्छ ?

पहिला त विषयवस्तुलाई नै हेरिन्छ। जुन कुराले आफूलाई छुन्छ। यो कुरामा कविता लेख्नु पर्छ भन्ने लाग्छ। त्यसपछि कविता बन्छ।

कतिपय साथीहरुले छन्द र छन्दमुक्त कविताकाबारेमा विवादास्पद भाषा बोलेको पाइन्छ? छन्दको कविता पो कविता छन्दमुक्त त के कविता भन्ने गरेको पनि सुनिन्छ। खास के हो?

छन्द कविताले जसरी पाठक र श्रोताको मन मस्तिष्क तान्छ त्यसरी छन्दमुक्त कविताले तान्न सक्दैन त्यो मैले पनि अनुभूति गरेको कुरा हो। तर, कविता छन्दमा लेखे पनि वा छन्द मुक्त लेखे पनि लय प्रमुख कुरा हैन कविता प्रमुख कुरा हो भन्न चाहन्छु। कवितामा भाव अटाउनु पर्छ र विम्बप्रतिको उचित संयोजन हुनुपर्छ भन्ने लाग्छ। कवित्व प्रमुख कुराहो भन्ने बुझ्न जरुरी छ।

यहाँलाई कविता लेख्ने प्रेरणा कहाँबाट आयो ?

कविता लेख्ने उर्जा मेरो परिवारबाट नै प्राप्त भयो। मेरो ममीले छन्दमा कविताहरु गुनगुनाई रहँदा मलाई रहर जाग्यो र मैले कविताको लेखन सुरु गरेँ। आफू संवेदनशील मान्छे भएका कारण पनि होला मलाई धेरै कुराहरुले छिटो छुन्छ र ती कविताको रुपमा आइहान्छन्।

छन्दमा कविता सुने पनि मैले मुक्त छन्दमा कविता लेख्ने गरेकी छु। मैले आमाबाट पाएको प्रेरणालाई साथी संगी, गुरुहरु र पछिल्लो जीवनमा श्रीमान पनि कविता नै लेख्ने भएपछि मलाई कविता लेख्ने प्रेरणा यही ठाउँ भन्दा पनि धेरै ठाउँबाट प्राप्त भयो भन्ने लाग्छ।

सानैदेखि यहाँको आमाले छन्द कविताका हरफहरु सुनाउनु भयो। पछिल्लो जीवनको सहयात्रिले पनि छन्दमै कविता लेख्नु हुन्छ। तर, तपाईँ कसरी मुक्त छन्द तर्फ जानु भयो ?

छन्द कविता लेख्नको लागि साधना चाहिन्छ। छन्द कविता शुत्रबाटमात्र लेख्न सकिन्छ। छन्द कविता लेख्नका लागि शुत्रहरुले लक्ष्मण रेखा बनाएका हुन्छन। एउटा बाटोमा हिड्नु पर्छ, हिड्न जान्नेहरु त्यो बाटो हिँडछन्। नजान्ने तर, रहर भएकाले छन्दमुक्त कविता लेखेरै भए पनि रहर पूरा गर्छन्।

मैले छन्द कविता लेख्न सक्दैन, बाचन गर्न सक्दैन वा नियममा रहन सक्दैन भने छन्द कविताको मर्मलाई भंग गरेर कविता लेख्नु पर्छ भन्ने मलाई लाग्दैन, मेरो पहिचान जे हो मैले लेख्न चाहेको कुरा जे हो मैले मुक्तछन्दबाट पनि लेख्न सक्छु भन्ने हो।

एउटा चुट्किलामा कविले भगवानसँग कुकुरको जुनी बनाई दिनु भनेको थिए रे। समालोचकलाई टोक्ने उनको रहर थियो भन्ने सुनिन्छ। के समालोचकहरुले कवि प्रति न्याय गर्देनन्?

मलाई त्यस्तो लाग्दैन। समालोचकहरुले जे देख्छन्, त्यो कुरा यथार्त लेख्छन्। मेरो कविताको बारेमा समालोचना भइरहँदा सधै राम्रै समालोचना हुन्छ भन्ने हुँदेन। किनकि मैले सधैं राम्रो कविता लख्छु भन्ने छैन। व्यक्ति अनुसार परिभाषित गरिएको हुनसक्छ। तर, मैले त्यस्तो देखेकी छन्। अझ समालोचकका कारण हामी कविता लेख्ने सर्जकहरु अरु सतर्क भएर लेख्न पाएका छौं भन्ने मेरो बुझाइ छ।

कविता लेख्दा कल्पनालाई बढी प्रयोग गर्नु हुन्छ की स्थलगत अध्ययन पनि हुन्छ ?

मेरो कवितामा कल्पना कम नै पाइन्छ। कवितामा मैले विषेश गरी आफ्नो विचार ल्याउन खोजेकी हुन्छु। म हिँड्दै गर्दा जता ठोकिन्छु त्यही विषय कविता बनेर आइदिन्छ।

कविता लेख्दा विचारको आवश्यक्ता हुन्छ ?

विचार शून्य भएर मान्छे कसरी बाँच्न सक्छ भन्छु म त। म परिवर्तन होस भन्ने चाहाना राख्ने मान्छे हो। मैले प्रगतिशिल साहित्यमा कलम चलाउँछु।

कवितामा बिम्बहरुले कतिको सहयोग गर्छ ? बिम्ब विनाका कविताहरु राम्रा हुँदैनन् र?

त्यसो त भन्न मिल्देन। कतिपय सरल भाषामा लेखेका कविताहरु पनि राम्रा छन्। शसक्त कविता छन। तर, बिम्व कविताको एउटा अंग बनेर आउनु पर्छ भन्ने लाग्छ मलाई।

अलिकति यहाँले लेख्न थालेको उपन्यासको बारेमा भनिदिनु हुन्छ कि?

म भित्र भएका भावनाहरुलाई कवितामा लेख्न नसकेपछि उपन्यास लेख्नु पर्छ भन्ने सोचेर एउटा उपन्यास लेख्दै छु।

लेखेरै बाँच्न कति सम्भव छ ?

लेखेरै बाँच्न सकिदैन भन्ने होइन। तर, के छ भने अहिले नेपाली साहित्य बजारमा पत्रिका त एउटा किनेर पढ्ने बानी छैन। त्यस्तै किताब किनेर पढ्ने बानीको विकास पनि भएको छैन। निःशुल्क किताब उपलब्ध गराए पनि निःशुल्क आएको किताब भनेर पढ्ने बानी छैन। लेखेरै बाँच्नका लागि केही समय लाग्छ जस्तो छ। सामाजिक सोच परिवर्तन हुन जरुरी छ।

साहित्यमा लाग्न चाहाने पछिल्लो पुस्तालाई के भन्नु हुन्छ ?

म पनि यही क्षेत्रमा भएकाले सबैलाई स्वागतम भन्न चाहन्छु। त्यसपछि साहित्य लेखन गरिरहँदा, साहित्यमा लागि रहँदा, साहित्का कुनै पनि विद्यामा कलम चलाई रहँदा अलि धेरै सोचेर, शसक्त ढगबाट लेख्नु पर्छ। साहित्य क्षेत्रमा नाम थपियो भन्दा पनि एउटा पृथक अस्तित्व कायम गर्ने गरी अगाडि आउनु पर्छ। बरु अलि धेरै निखारिनु पर्छ। अध्ययन र साधना गर्नु पर्छ भन्न चाहन्छु।

साहित्य क्षेत्रमा प्रवेश गर्नुका फाइदा र बेफाइदाहरु के के हुन्?

फाइदाका लागि साहित्य क्षेत्रमा लाग्ने नै होइन्। तर, बेफाइदा म देख्दै देख्दिन।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो