एनआरएनए घुम्ती रक्तवाहन भरतपुर महानगरपालिकालाई हस्तान्तरण

डिसी नेपाल
८ पुष २०७७ ११:३५

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले घुम्ती रगत बस परियोजनाअन्तर्गत पहिलो मोबाइल बस हस्तान्तरण गरेको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्व र संघका सचिव गौरीराज जोशीको संयोजकत्वको पहलमा सुरु गरिएको उक्त परियोजनाअन्तर्गतको एनआरएनए घुम्ती रक्तवाहन गत शुक्रबार भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको हो।

पहिलो मोबाइल बस हस्तान्तरण गर्न पाएकामा खुसी लागेको बताउदै संघका अध्यक्ष पन्तले यस कामलाई सफल पार्न सहयोग पुर्याउनु हुने संघका सचिव जोशी र समुहका साथी, सहयोगदाता, कर्मचारी, भरतपुर महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीप्रति विशेष आभार व्यक्त गरे। उनका अनुसार यस परियोजनामा करिब चार सय भन्दा बढी गैरआवासीय नेपालीको प्रत्यक्ष सहयोग रहेको छ।

नेपाल रेडक्रस सोसाईटी चितवन जिल्ला शाखा अन्तर्गत क्षेत्रीय रक्तसंचार सेवा चितवनले स्थापनाकालदेखि नै बिरामीहरुलाई सेवा पुर्याउदै आएको र बिरामीहरुलाई रगत व्यवस्थापनमा अहम् भूमिका निर्वाह गरेकोले पनि एनआरएनले सहकार्य अघि बढाएको हो।

घुम्ती रगत बस सामाजिक दूरी कायम हुने गरी निर्माण गरिएको छ। यसले विषम परिस्थितिमा पनि रगतको अभाव हुन नदिई संकलन, भण्डारण र व्यवस्थापनलाई गुणस्तरीय र सर्वसुलभ बनाउन मद्दत गर्ने छ। आकस्मिक रुपमा रगत आवश्यक पर्ने बिरामीका लागि यस परियोजनाले राहत प्रदान गर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *