गायक पशुपति शर्माको ‘कठै मेरो देश’ सार्वजनिक

डिसी नेपाल
९ पुष २०७७ ७:३२
340
Shares

काठमाडौं। लोक तथा दोहोरी गायक पशुपति शर्माको कठै मेरो देश सार्वजनिक भएको छ। देशको समसामयीक राजनीतिमा आधारित गित कठै मेरो देश उनले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन्।

देशमा नेताहरुको कार्यशैलीले जनता बौलाएको र कतिबेला हास्ने त कतिबेला रुने गरेको गितमा देखाइएको छ। उनले विदेशी शक्तिको इसारामा नेपालका नेताहरु चलायमान भएका कारण देशले र जनताले दुःख पाएको आफ्नो गितमा समावेस गरेका छन्।

शर्माको राष्ट्रिय भावनाले ओतप्रोत भएको मलाई अमेरिका यहि, मलाई अष्ट्रेलिया यहि गित अहिलेसम्म पनि उत्तिकै लोक प्रिय छ। केही गितहरु सरकारको कार्यशैली प्रति व्यङ्गय गर्दै लेखेका कारण सुधार्नु परेको थियो।

उनले पुनः देशको समसामयिक राजनीतिमा कुसीका लागि नेताहहरुले गरेको लुछाुचुँडीलाई पनि देखाएका छन्। उनी आफ्ना गितबाट नै समाजमा राजनीतिक चेतना फैलाउने र अबदेखि कसैको झोले नबन्नेसमेत सूचना प्रवाह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *