विश्वभरका नेपालीलाई एनआरएनद्वारा क्रिसमसको शुभकामना

डिसी नेपाल
१० पुष २०७७ १०:२२

काठमाडौं। जिसस क्राइस्टको जन्म भएको डिसेम्बर २५ तारिखका दिन हरेका वर्ष क्रिसमस दिवस मनाइने गरिन्छ। आज(शुक्रबार) परेको यस दिवसका अवसरमा गैर आवासीय नेपाली संघ(एनआरएनए) विश्वभरका नेपालीहरुलाई शुभकामना व्यक्त गरेको छ।

क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा नेपाली इसाई धर्माबलम्बीले पनि देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाउँदै छन्। यस अवसरमा काठमाडौं उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुरलगायत स्थानमा ‘क्रिसमस ट्री’ बनाएर सजाइएको छ।

यस दिन मानिसले एक आपसमा क्रिसमस दिवसको शुभकामना आदान प्रदान गर्छन्। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिसमसका अवसरमा शुभकामना सन्देश जारी गर्दै बहुभाषिक तथा बहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको बताए।

प्रधानमन्त्री ओलीले शुभकामनामार्फत पहिलादेखि नै बहुसंख्यक नेपालीले आस्था प्रकट गर्दै आएको सनातन धर्मको अतिरिक्त नेपालमा अन्य धर्म मान्ने मानिसहरुको स्वतन्त्रतासमेत सुनिश्चित गरिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *