महिला प्रधानमन्त्री कपको तयारी पूरा

डिसी नेपाल
१० पुष २०७७ १८:५०
40
Shares

दाङ। शनिबारदेखि दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने महिला प्रधानमन्त्री कपको तयारी पूरा भएको छ। लुम्बिनी प्रदेशको प्रतिष्ठासँग जोडिएर हेरिएको प्रतियोगिताको तयारी पूरा भएको लुम्बिनी प्रदेश क्रिकेट संघले जानकारी गराएको छ।

प्रतियोगिताको पूर्व सन्ध्यामा अहिले मैदान प्रतियोगिताका लागि तयारी अवस्थामा रहेको छ। विशेष माटो प्रयोग गरेर तीन वटा विकेट तयारी अवस्थामा रहेको छ। त्यसअघि आउट फिल्डलाई पनि राम्रोसँग ब्यबस्थापन गरिएको छ।

ब्यबस्थापनका हिसावले पनि अन्य कामहरु सकिसकेका छन्। यसै बीचमा आयोजनाको जिम्मेवारी प्राप्त गरेको लुम्बिनी क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापा मगरले प्रतियोगितालाई लिएर उत्साहित रहेको र प्रतियोगिताको आयोजनालाई लिएर न्यान्य गर्ने बताएका छन्।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोट्स टेलिभिजनले गर्नेछ। भने डिजिटल स्कोरका लागि इसपीएन क्रिकइन्फो डट कमबाट हेर्न सकिने ब्यबस्था मिलाईएको छ।

यता प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहने छ। जसलाई दुई समूहमा विभाजन गरिएको छ।

जस अन्तर्गत समूह ‘ए’ मा एपिएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन्। भने समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेको छ।

उद्घाटन खेलमा लुम्बिनीले प्रदेश नम्बर २ को सामना गर्नेछ। खेल अघि स्थानिय लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको प्रमुख अथित्यतामा उद्घाटन सत्र हुनेछ।

यसरी समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलका दुवै खेल १७ गते हुनेछ। भने प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *