मध्य अफ्रिकी प्रमुख विद्रोही समूहद्वारा युद्धविराम भङ्ग

डिसी नेपाल
१० पुष २०७७ १९:४९
48
Shares

बाङ्गी । मध्य अफ्रिकी गणतन्त्रमा सरकारसँग संघर्ष गरिरहेका विद्रोही गठबन्धनले आम चुनावको तीन दिनअघि युद्धविराम भङ्ग भएको घोषणा गरेको छ ।

साताको अन्तिम समय शुक्रवार ‘पेट्रियट्स फर चेन्ज’ (सीपीसी) को गठबन्धनले सरकारले युद्धविरामका लागि जिम्मेवार नवनेको दावी गर्दै भनेको छ, “नागरिकले सरकारको गैरजिम्मेवारपूर्ण एवम् जिद्दीपूर्ण व्यवहारका कारण सीपीसीले युद्धविराम भङ्ग गर्नु परेको छ ।”

दुई प्रमुख विद्रोही समूहले एएफपीलाई पुष्टि गरेको बयानमा सरकारले निर्वाचनका समय युद्धविरामको सट्टा आफ्ना विरोधीलाई दवाउने नीति लिएकोले सीपीसीले निर्वाचनको पूर्वसन्ध्यामा देशमा जारी युद्धविरामलाई भङ्ग गर्नुपरेको बताइएको छ ।

आँफैले निर्वाचनका लागि ७२ घण्टा युद्धविरामको घोषणा गरेपनि यसप्रति सरकार जिम्मेवार नबन्दा यसलाई भङ्ग गरी आफ्नो उद्देश्यमा अघि बढ्न सीपीसी बाध्य बनेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *