मालीको विपक्षी दलका अध्यक्षको कोरोनाका कारण मृत्यु

डिसी नेपाल
१० पुष २०७७ २३:०२
40
Shares

बामाको । मालीको विपक्षी दल ‘युनियन फर रिपब्लिक एण्ड डेमोक्रेसी’का अध्यक्ष सौमैला सिसेको कोरोनाका कारण शुक्रबार निधन भएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचारका लागि फ्रान्सको पेरिस लगिएकोमा उपचारकै क्रममा पेरिसमै उनको निधन भएको हो ।

पार्टीका सञ्चार सचिव डेम्बा ट्राओरेले सामाजिक सञ्जालमा शुक्रबार लेखेका छन्, “हाम्रो पार्टीका अध्यक्ष सौमैला सिसेको आज बिहान निधन भएको छ, यसले हामीलाई मर्माहत बनाएको छ, उहाँको पेरिसमै निधन भएको हो ।”

उनि माली सरकारको मन्त्री पनि भएका थिए । उनलाई गत मार्चमा हतियारधारी व्यक्तिहरुले अपहरण गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *