व्यंग्य : किड्नी खराब

डिसी नेपाल
११ पुष २०७७ ७:२५

अहिले भइरहेको राजनीतिक खेल र एकअर्का बीच गइरहेको झेलको वाताबरणलाई हेर्दा सबै खेलाडीहरु फेल भएर एकअर्कालाई निचोरेर आप्mना लागि तेल निकाल्ने कोशिशमा लागेको देखिए तापनि जनतासित गरेका वाचाबाट भने पूर्णरुपमा भागेको देखिन्छ।

हुन त चुनावमा भोटको लागि एकचोटि हात जोडेर बिन्ती गरेपछि जनताको गिन्ति कसले गरेको छ र? जनताको भोट पाएर माननीयको कोट भिर्न पाएपछि कता नोट खेलाउन पाइन्छ त्यतामात्रै ध्यान दिएर ज्यान बनाउनतिर लाग्नै पर्यो। जनतासित आफूले गरेको बाचाको सम्झना त पाँच वर्षपछि हुने चुनावअघि झल्याँस्स आउने र घोषणापत्रमार्फत जनताले थाहा पाउने सामान्य अभ्यास हुनपर्नेमा तीन वर्षमै संघीय संसदको चुनावमा भोट हाल्ने र आफूना माननीयहरुको मुख नोटले टाल्ने मौका अचानक आइलाग्दा खुसीले जनताको भुइँमा खुट्टा छैन।

अत्यन्त कृत्रिम,अप्राकृतिक,नाटकीय र फूर्ति गर्दागर्दै नासिने अनि बिउ पनि बाँकी नरहने गरी मासिने डरको कारणले सामान्य सिद्धान्तबिपरित सबैभन्दा बढी आलोचकहरु एकअर्कासित टाँसिने काम देख्दैमा यो एकता धेरै दिन टिक्दैन र एकिकृत दलभित्रै पनि लामो समय बिक्दैन भन्ने सबैको सोचाइ एक संसदीय कार्यकालको आधाआधीमै मिल्न आयो।

सरकार गठन भएको मितिबाट सरकार प्रधानको कुर्सीको खुट्टा काट्न र त्यसमा आफू बसेर त्यसको गुलियो चाट्न आतुर भएर सरकार प्रधानका गल्तीमात्रै खोज्दै खल्तीमा करौँती बोकेर दलमा समान हैसियतमा रहेका अर्का अध्यक्षले निकै सताए भनेर सरकार प्रधानले भर्खरै बताए।

उनीहरु बीच एकता नै कसरी र किन गरेका भनेर त्यतिबेलै आम मानिसहरु भ्रममा परेका देखेर यो कार्य बाम राजनीतिको ऐतिहासिक क्षण भएको र सबै बामशक्तिहरुलाई एकीकृत गर्ने भन्न उनीहरु न्वारनदेखिको बल निकालेर बोल्न अघि सरेका थिए। त्यति ठूलो एकता भनिए तापनि दुईजना अध्यक्षबाहेक कसैलाई एक बचन सोधेको र सामान्य छलफलसमेत गरेको नपाइएको भए पनि आफ्ना पुराना कर्तुतहरुको कारणले भोट नपाएर चुनावमा लतारिने डरले एकताको लागि हतारिने निर्णयलाई सबै नेता कार्यकर्ताहरुले मानिदिएका र माथिका नेताहरुको त त्यस्तो अबस्था छ भने हाम्रो के होला भनेर जानिदिएका हुन्।

यी सबै महान कार्यहरु उहाँहरुले देश र जनताको भलाइको लागि गर्नुभएको र सबै कुरा छाडेर यसपाली भने साँच्चिनै यसैमा अघि सर्नुभएको हो भन्ने सबैले पत्याइदिएको हुनाले दलका सबै नेता कार्यकर्ताहरु एकताप्रति निकै हौसिनु भएको कारणले एकताको औचित्य बारे कुरा उठाउन र सोधपुछ गर्न कसैलाइ जरुरी लागेन।

अत्यन्त उन्नतस्तरको प्रजातन्त्र र स्वतन्त्रताले भरिएको संविधान लागू गरिएको भएपनि दुई ठूला नेताले गरेको निर्णयमा प्रश्न उठाउन सक्ने क्षमता कुनैपनि स्तरका नेता कार्यकर्ताहरुसित नहुनु नै असली प्रजातन्त्र भएको सबैले बुझिदिएका छन्। छल गरेर आफूमात्रै त्यसको फल खाने दलहरुको समस्या हल गर्न जनताले भोटमात्रै हालिदिने र अरु नेता कार्यकर्ताहरुले माथिका एकदुइजना नेताका सबै निर्णयहरुलाइ आँखा चिम्लेर समर्थन गर्दै सबैका मुख टालिदिने गर्नुलाइ नै सही प्रजातन्त्र वा लोकतन्त्र भनिँदो रहेछ भन्ने सबैलाई प्रष्ट भएको छ।

देखावटी र अस्थायी नै भएपनि नाकाबन्दीबिरुद्ध प्रष्ट बोलेर र घरघरमा पाइपद्वारा ग्यास,पूर्व पश्चिम उत्तर दक्षिण सबैतिर रेल, हिन्द महासागरमा आफ्नै झण्डासहितको पानीजहाजका साथै अनेकखाले लोकप्रिय नारा दिने पारालाई सारा जनताले सवर्बहारा वर्गका नेताको जिम्मेवारीपूर्ण घोषणा ठाने, यसैलाई सही योजना माने, यसलाई भोट दिएमा देश समृद्ध र जनता सुखी हुनेछ भनेर जाने अनि यसैको कारणले सबैको भोट आफूतिर ताने।

यसको मुख्य कारण थियो खराब किड्नी। लामो समयदेखि खराब किड्नीको समस्या झेल्दै आएका र यस्तो शारीरिक अबस्थामा पनि सबैलाई पेल्दै अनि राजनीतिक दाउपेच खेल्दै र बिरोध गर्नेहरुलाई भित्तामा पुग्नेगरी ठेल्दै आएका सरकार प्रधानलाई अर्का अध्यक्षले केही दिनको पाहुनामात्रै भएकोले ठिकै छ मन लागेको इच्छा पूरा गर्न दिऊँ अनि केही समयपछि आफ से आफ दल र सरकार सबै हातमा लिऊँ भन्ने आशयले साथ दिएजस्तो गरे पनि मौका पर्ने बित्तिकै माथ गरेर सबै एकलौटी खाने अनि जनयूद्ध हो कि धनयूद्धको माध्यमबाट फत्ते हुन नसकेको काम गर्दै जाने योजना भएजस्तो देखियो।

यतिसम्म दुबै अध्यक्षहरु एक भएर अघि बढेको र यही कारणले दलको भोटको संख्या माथि चढेको हुनाले कतै केही विवाद आएन अनि आएको भए पनि कसैले चाल पाएन। यसको मुख्य कारण थियो खराब किड्नी।

लामो समयदेखि खराब किड्नीको समस्या झेल्दै आएका र यस्तो शारीरिक अबस्थामा पनि सबैलाई पेल्दै अनि राजनीतिक दाउपेच खेल्दै र बिरोध गर्नेहरुलाई भित्तामा पुग्नेगरी ठेल्दै आएका सरकार प्रधानलाई अर्का अध्यक्षले केही दिनको पाहुनामात्रै भएकोले ठिकै छ मन लागेको इच्छा पूरा गर्न दिऊँ अनि केही समयपछि आफ से आफ दल र सरकार सबै हातमा लिऊँ भन्ने आशयले साथ दिएजस्तो गरे पनि मौका पर्ने बित्तिकै माथ गरेर सबै एकलौटी खाने अनि जनयुद्ध हो कि धनयुद्धको माध्यमबाट फत्ते हुन नसकेको काम गर्दै जाने योजना भएजस्तो देखियो।

आफ्नो स्वार्थपूर्तिको लागि जोसित पनि परम मित्रताको नाटक गर्नसक्ने र मौका पर्यो भने चरम शत्रुताको स्तरमापनि झर्नसक्ने दुवैको खुबीलाई चाहिँ मान्नै पर्छ। कुनै कार्यक्रममा सँगै देखियो भने निकै घनिष्ट मित्रजस्तो गरेर दायाँ हात उचाल्दै लालसलामको मुठ्ठी कस्ने, मौका पर्यो भने एकअर्काको अस्तित्व नै समाप्त हुने गरी छुरी धस्ने, आफ्नो स्वार्थसिद्ध गर्न पर्यो भने जानेसम्मको चिप्लो घस्ने, जालझेल गरेर पायो भने जस्तो कुर्सीमा पनि बस्ने र कुर्सी फेला पर्छ भने जसको ढोकाभित्र पनि लाजै नमानी पस्ने गरेर धेरै समय अघिदेखि देखाउँदै आएको रमितालाई यो दलको एकताले अझ बढी रमाइलो गरेर जनतालाई मनोरन्जन दिएको थियो।

अहिलेको सँसद बिघटनको सिफारिस र त्यसको कार्यान्वयनले सबैलाई खिन्न बनाइदियो अनि यसका माध्यमबाट प्राप्त हुनसक्ने थप मनोरन्जनको ब्यबस्थालाई पनि जनाइदियो।  आफूलाई पायक पर्दा सँबिधानको दुहाइ दिनेहरुले नै संबिधानलाई इच्छाअनुसार तुहाइदिने गरेर सविधानको दोहोलो काढेको देख्दा संविधान भनेको शक्तिमा भएकाको चाहनामा कमजोरहरु बिरुद्ध चाहेको बेलामा प्रयोग गर्न र त्यसको आडमा चर्न मिल्ने दस्ताबेज रहेछ भन्ने आम धारणा रहेको पाइन्छ।

सबैजसो कालखण्डमा यसलाई यसरी नै प्रयोग गरिएको हुनाले र यस्तो चलनले सबैको मनमस्तिष्क छुनाले यस्तो धारणाको बिकास हुनु नौलो कुरा होइन। अहिले त झन् यसमा ब्यबस्था भए नभएको केही मतलब नगरीकन जेजस्तो अनुकूल हुन्छ त्यही गर्दै र बलियाको अगाडि संविधान अलपत्र पर्दै आएको देखेर जनताको लागि संबिधान छ छैन भन्ने नै मतलब नहुने भइसक्यो।

आफ्नै दलका ठूला नेताहरुले काम गर्नै दिएनन् र आफ्नो समृद्धिको सपनालाई गम्भिरतापूर्बक लिएनन् भनेर संसद बिघटन गर्नेजस्तो साहसिक काम गरेर सबैलाई देखाइदिए। संविधानमा यसको लागि के कस्तो ब्यबस्था छ भन्ने आम जनतालाई थाहा र चासो नभए पनि सरकार प्रधानले गरेपछि कुरा सकियो।

सबैथोक उनको इच्छा र तजबिजमा हुँदै आएकोले यसमा पनि कसैले प्रश्न उठाउन मिल्ने अबस्था नभएकोले यसले ककसलाई निल्ने हो थाहा छैन। चुनावपछिदेखि नै सांसदहरुले त्यहाँबाट आफूले पाउने सुबिधा लिनेबाहेक अरु कुनै काम नगरेको हुनाले देशमा संसद छ कि छैन भन्ने अनुभव गर्नै नपाएकोले अहिले बिघटन भए पनि खारेज भएपनि केही फरक महसुस गरिराख्न जनताले आवश्यक ठानेका र यसलाई कुनै आश्चर्य मानेका छैनन्।

सबैथोक उनको इच्छा र तजबिजमा हुँदै आएकोले यसमा पनि कसैले प्रश्न उठाउन मिल्ने अबस्था नभएकोले यसले ककसलाई निल्ने हो थाहा छैन। चुनावपछिदेखि नै सांसदहरुले त्यहाँबाट आफूले पाउने सुबिधा लिनेबाहेक अरु कुनै काम नगरेको हुनाले देशमा संसद छ कि छैन भन्ने अनुभव गर्नै नपाएकोले अहिले बिघटन भए पनि खारेज भएपनि केही फरक महसुस गरिराख्न जनताले आवश्यक ठानेका र यसलाई कुनै आश्चर्य मानेका छैनन्।

हुन पनि बाँदरको पुच्छर लौरो न हतियार सरहको संसदबारे जनताको खासै चासो र चिन्ता रहेको पाइन्न। संसदमा सदस्यको रुपमा जाने र जनताको लागि सिन्को नभाँचीकन त्यहाँको फाइदामात्रै खाने संसदको बारेमा जनतालाई के मतलब? चुनावपछिको यतिका समय एकथरिले सरकार प्रधानको कुर्सी खोस्ने र एकथरिले कुर्सी जोगाउन आफ्नालाई पोस्ने तर दुवैथरिले आफ्नो स्वार्थमा पनि जनताको नाम झोस्ने गरेर बसेका सत्तापक्षको रमितामा कहाँनिर आफ्नो लागि स्वादिष्ट खुराक पाउन सकिन्छ भन्ने सुराक लगाउनमा ब्यस्त प्रतिपक्षले पनि सत्तापक्षबाट बेलाबेलामा हण्डी चाखेर दिमागलाई ठण्डी दिलाएर भए पनि दुबैतिर चोचोमोचो मिलाएर काम चलाउँदै जनताको पक्षमा बोल्ने आफ्नो मुख सिलाएर बसेको बस्यै छ।

जनताको लागि आबश्यकजस्तो समेत हुन नसकेको संसद बिघटन भए पनि वा बिउँतिएर पुरानै लयमा गए पनि कुनै अर्थ राख्ने हैसियत भएजस्तो देखिएन। ढुंगाको भर माटो, माटोको भर ढुँगो भनेझैं सरकार प्रधानको भर राष्ट्र प्रधान र राष्ट्र प्रधानको भर सरकार प्रधान भएर नै होला सरकार प्रधानले जे सिफारिश गरेर पठाए पनि त्यसलाई रोक्नेभन्दा उही दिन आम सर्बसाधारणले सोचेभन्दा छोटो समयमा आँखा चिम्लिएर त्यसमा सही ठोक्ने र त्यसको सबै जिम्मेवारी बोक्ने गरेर सरकार प्रधानलाई राष्ट्र प्रधानले पुर्याएको सहयोगबाट जनता निकै प्रभाबित भएका छन्।

राष्ट्र प्रधानको लागि नियूक्त गरिएका बिभिन्न बिषयका बिज्ञ सल्लाहकारहरुले अहिलेसम्म कुनै पनि बिषयमा कुनै किसिमको सल्लाह नदिइकन भत्ता र सुबिधामात्रै पचाएको देख्दा सल्लाहकारहरुको दरबन्दी किन रचाएको होला भन्ने शंका लाग्नु स्वाभाविक हो। दुवै प्रधानहरु जत्तिको हरेक बिषयका बिज्ञ भएपछि दुबैतर्फका विज्ञ सल्लाहकारहरुलाई पाकेको सिदा दिएर बिदा गर्नु नै बुद्धिमानी हुन्छजस्तो देखिन्छ।

सरकार प्रधानले स्वदेशको सरकारी अस्पतालमै एउटी नातेदार भनिएकी महिलाको किड्नी सफलतापूर्बक आफूमा प्रत्यारोपण गराएको सुन्नासाथ अर्का अध्यक्ष आफ्नो भविष्यलाई सम्झेर डराएको हुनाले त्यतिबेलै अत्तालिएर कराएको भन्ने बजारे हल्ला सुनिएको थियो।

एकपटक फेरिइसकेको सरकार प्रधानको किड्नीले सोचेभन्दा लामो समय साथ दिइसकेको र यसबाट उनले भरपुर फाइदा लिइसकेको हुनाले अब यसले असरदार काम दिँदैन र अर्को फेरेमा उनको शरीरले नै सकारात्मकरुपमा लिँदैन भन्ने आम धारणालाई मध्येनजर राख्दै उनीपछि उनको सबै जिम्मेवारीहरु बिना रोकटोक स्याहार्ने पक्का गरेर यसमा कतैबाट पनि धक्का नलाग्ने एकिन गरेरमात्रै अर्का अध्यक्षले एकताको कदम चालेका थिए।

सरकार प्रधानले स्वदेशको सरकारी अस्पतालमै एउटी नातेदार भनिएकी महिलाको किड्नी सफलतापूर्बक आफूमा प्रत्यारोपण गराएको सुन्नासाथ अर्का अध्यक्ष आफ्नो भविष्यलाई सम्झेर डराएको हुनाले त्यतिबेलै अत्तालिएर कराएको भन्ने बजारे हल्ला सुनिएको थियो। किड्नी प्रत्यारोपणपछि सरकार प्रधानले पहिलेभन्दा पनि खतरा सकृयता देखाएकोमा उनको किड्नीमात्रै फेरिएको हो कि दिमाग र अन्य अंगहरु पनि फेरिएको हो भन्ने अन्योलमा अर्का अध्यक्षसमेत परेको हो वा नचाहिँदो हल्लामात्रै गरेको हो भन्ने अन्योल अहिलेसम्म पनि देखिएको छ।

उनको आयातित नयाँ किड्नीले असरदार काम गर्न थालेपछि अर्का अध्यक्षले असहयोगलाई तिब्रता दिँदै र सरकार प्रधानको कुर्सीबाट उनलाई खँगार्ने कुरालाईमात्रै महत्वपूर्णरुपमा लिँदै ज्यान फालेर त्यही क्रियाकलापमा लागेको देख्दा सबै बिषयको दोषी त्यही खराब किड्नी भएको प्रष्ट हुन्छ।

पुरानो खराब किड्नी फेर्न नपाएको भए वा फेरेको किड्नीले राम्ररी काम नदिएर धोका दिएको भए अर्का अध्यक्षबाट यस्तो कदम चाल्न र आफ्नै दलको बहुमतको सरकार ढाल्न मिलेसम्मका देशी बिदेशी शक्तिहरको भक्ति गर्दै यत्रो बल लगाएर छल गर्ने कष्टप्रद कार्य नहुने पक्का थियो भन्ने बुद्धिजीबीहरु पनि सर्वत्र देखिन्छन्।

सरकार प्रधानको किड्नीले मनको लड्डु घ्यूसित खाएर बसेका र छिटै दल र सरकार दुबैमा कब्जा जमाउन कम्मर कसेका अर्का अध्यक्षलाई धोका दिएको हुनाले अहिलेको समस्याको जड नै खराब किड्नी हो। सरकार प्रधानको किड्नी खराब भएर फेरेको असरदार किड्नीचाहिँ अर्का अध्यक्षको लागि खराब हुन पुगेको हुनाले जताबाट हेरे पनि अहिलेको किचलोको जड चाहिँ खराब किड्नी नै हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *