आईसीसीले सार्वजनिक गर्‍यो दशककै उत्कृष्ट टिम, भारतीय खेलाडीको बर्चश्व

डिसी नेपाल
१२ पुष २०७७ १६:२४

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले दशकको उत्कृष्ट टी२०, एक दिवसीय तथा टेष्ट टिम सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरेको उत्कृष्ट पुरुष टी२० र एकदिवसीय टिममा भारतीय खेलाडीको बर्चश्व रहेको छ ।

एक दिवसीय टिममा तीन जना भारतीय खेलाडी परेका छन भने अष्ट्रेलिया र दक्षिण अफ्रिकाबाट दुई/दुई खेलाडी परेका छन। यस्तै बंगलादेश, इंग्ल्याण्ड, न्यूजिल्याण्ड र श्रीलंकाबाट एक/एक खेलाडी यो टिममा परेका छन ।

एक दिवसीय टिममा भारतबाट रोहित शर्मा, विराट कोहली र महेन्द्रसिंह धोनी परेका छन । धोनीलाई यो टिमको कप्तान पनि बनाइएको छ ।

यस्तै टी२० टिममा भारतका चार खेलाडी परेका छन् भने वेष्ट ईण्डिज र अष्ट्रेलियाबाट दुई दुई जना परेका छन् । यसैगरी उक्त टिममा अफ्गानिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाबाट एक एक खेलाडी परेका छन् ।

सार्वजनिक टेष्ट टिममा भने भारतबाट दुई खेलाडी परेका छन् । यस्तै ईंग्ल्याण्डका चार जना खेलाडी टिममा पर्दा अष्ट्रेलियाका दुई जना र श्रीलंकका एक जना परेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *