एनआरएन कतारद्वारा ८४ सय २३ जना नेपालीलाई राहत वितरण

डिसी नेपाल
१३ पुष २०७७ १२:५६

काठमाडौं। कतारमा रहेका ८४ सय २३ जना नेपालीलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले राहत वितरण गरेको छ। विश्वव्यापी रुपमा देखापरेको करोना भाइरस (कोभिड–१९) नियन्त्रणका क्रममा कतार सरकारको परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा गृह मन्त्रालयको निर्णयानुसार कतार च्यारेटीमार्फत प्राप्त खाद्यान्न सामाग्री राहतस्वरुप एनआरएन कतारले वितरण गरेको हो।

कतारमा रहेका विभिन्न नेपाली संघ संस्थाहरूबाट प्राप्त र उद्धार तथा राहत समितिमा आएका समस्याको विवरण अनुसार एनआरएन कतारद्वारा गठित उद्धार तथा राहत वितरण समितिले अहिलेसम्म २३औँ चरणमा राहत वितरण गरिसकेको छ। एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार गत १० अक्टोबरदेखि २६ डिसेम्बर २०२० सम्म खाद्यान्न समस्या परेका चार सय ८९ जना नेपाली श्रमिकहरुलाई खाद्यान्नको प्याकेज बाडियो भने अहिलेसम्म कूल आठ हजार चार सय २३ जना नेपाली श्रमिकहरुलाई खाद्यान्न बाडिसकिएको छ।

विषम परिस्थितिमा कतार सरकारले आफ्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान व्यवहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको एनआरएन कतारको भनाई छ ।

कतारमा रहेका नेपालीहरुका समस्याहरुलाई समाधानका निम्ति एनआरएनए कतारले हरेका समस्याको हल गर्दै नेपाली श्रमिकहरूलाई खाद्यान्नको राहत प्याकेज बितरण गरिएको अध्यक्ष मुसलमानले जानकारी गराए । राहत वितरणमा नेपाली दूतावास कतार, एनआरएन आईसीसी प्रतिनिधिहरू, एनसीसी प्रतिनिधिहरू, उद्धार तथा राहत वितरण समिति तथा सदस्यहरू, पत्रकार तथा सम्पूर्ण स्वयम्सेवक सदस्यहरुको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *