राहदानी बुझ्न दक्षिण कोरियास्थित दूतावासको आग्रह

डिसी नेपाल
१४ पुष २०७७ १३:३८
104
Shares

काठमाडौं। आवेदन दिएकाहरुलाई राहदानी बुझिलिन दक्षिण कोरियास्थित दूतावासले आग्रह गरेको छ। दूतावासले २०२० नोभेम्बर २६ सम्म राहदानीका लागि आवेदन दिएका आवेदकहरूलाई राहदानी बुझिलिन आग्रह गरेको हो।

नयाँ राहदानी बुझ्नका लागि पुरानो राहदानी (नविकरण भएमा) तथा बिल लिई दूतावासमा जानु पर्ने छ। शुल्क तिर्नको लागि भने यसरीहुलाक मार्फत (थुंगि) रजिष्टर मेल गरेर दूतावासको ठेगानामा पठाउन सकिने छ।

दूतावासका अनुसार यसरी पठाउदा आवेदकको ठेगानामा पठाउन लाग्ने हुलाक शुल्क थप तीन हजार(कोरियन वोन)लाग्ने भएको हो। बच्चाको हकमा भने बुबाको राहदानीको प्रतिलिपी चाहिने छ।

हुलाकमार्फत थुंगी गर्दा आफूले पाउने ठेगाना र फोन नम्बर लेखेर पठाउन आनुरोध गर्दै नेपाली दूतावासले राहदानी पाइसकेपछि १० दिनभित्र ईमिग्रेशन अफिस गएर नयाँ राहदानी नम्बर परिवर्तन गराउन भनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *