विभागद्वारा अर्किट ओभरसिसमा स्ट्रिङ अप्रेसन, कागजात र कम्प्युटर नियन्त्रणमा
काठमाडौं। वैदेशिक रोजगार विभागले अर्किट ओभरसिस प्रा.लि.मा स्ट्रिङ अप्रेसन गरेको छ। भिजिट भिषामा विदेश पठाउन लागेको सूचनाका आधारमा विभागले छापा मारेको थियो।
विभागका कर्मचारीका अनुसार उक्त म्यानपावर कम्पनीबाट ८ जनाको कागजपत्र र प्रालिको कम्प्यूटर नियन्त्रणमा लिइएको छ। थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।
पछिल्लो समय विभागले विभिन्न म्यानपावर कम्पनीहरुमा छापा मार्ने काम गरिरहेको छ। विदेश पठाइदिने भन्दै युवाहरु ठगिएको भन्दै विभागले अनुसन्धानको दायरालाई अझै फराकिलो बनाउँदै लगेको छ।
कोरोनाको कहरमा पनि विदेश पठाउने भन्दै युवाहरुलाई ठगि गर्ने कार्य नरोकिएपछि विभागले कडाईका साथ निगरानी गर्न थालेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment