एनआरएनए क्यानडाद्वारा भर्चुअल माध्यमबाट टोपी दिवस मनाउन आह्वान
काठमाडौं। एनआरएनए क्यानाडाले भर्चुअल माध्यमद्वारा टोपी दिवस मनाउन विश्वभरका नेपालीहरुलाई आह्वान गरेको छ। क्यानाडाबाट करिब एक दशक अघि सुरु भएको टोपी दिवसलाई निरन्तरता दिदैँ यस वर्ष पनि अंग्रेजी नयाँ वर्षको पहिलो दिन शुभकामना आदानप्रदान तथा टोपी दिवस मनाउन आग्रह गरिएको हो।
एनआरएनए क्यानाडाका अनुसार कोभिड–१९ महामारीले गर्दा पहिलो पटक भर्चुअल कार्यक्रमबाट यो दिवस गर्न लागिएको हो। साथै, टोपी दिवस र अंग्रेजी नयाँ वर्ष २०२१ को शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भइदिन सबै नेपालीहरुलाई उक्त दिन टोपी लगाएर कार्यक्रममा उपस्थित भइदिन अनुरोध गरिएको छ।
कार्यक्रम एनआरएनए क्यानडा, नेपाली साहित्य समाज क्यानडा, नेपाली कम्युनिटी सेन्टर, एनसीएनसी, एनसीसीएस अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानडा र नेपाली साहित्य समाज क्यालगरी, कास्की समाज क्यानडाको संयुक्त आयोजनामा हुने लागेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment