एनआरएनए कोरियाका पूर्वअध्यक्ष क्षेत्री सम्मानित

डिसी नेपाल
१६ पुष २०७७ १७:१७
20
Shares

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)दक्षिण कोरियाका पूर्वअध्यक्ष राजु क्षेत्री सम्मानित भएका छन्। अपराध रोकथाम र स्थानीय समुदायमा युवालाई सही मार्गदर्शन दिन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई त्यहाँको न्याय मन्त्रालयले सम्मान गरेको हो।

पूर्वअध्यक्ष क्षेत्रीलाई दुई वर्षअघि पोचान महानगरपालिकाले मानार्थ राजदूतमा नियुक्त गरेर सम्मान गरेको थियो भने सन् २०१३ मा सोल नगरपालिकाले तेक्वान्दो खेलको विकासमा उत्कृष्ट योगदान गरेको भन्दै मानार्थ नागरिकता प्रदान गरेको थियो।

उनी दक्षिण कोरियामा नेपाली व्यावसायी भन्दा तेक्वान्दो खेलाडी, प्रशिक्षक र रेफ्रीका रुपमा बढी परिचित छन्। धेरै समय खेलकूदमा बिताउने क्षेत्री छैठौं डान ब्याल्क बेल्टधारी हुन्। उनले राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर स्वर्ण सहितका पदकहरु जितिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *