नेपाली श्रमिकलाई एनआरएनएले छुट्यायो १० करोड बजेट

डिसी नेपाल
१६ पुष २०७७ १७:५९

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोभिड–१९ का कारण समस्यामा परेका नेपाली श्रमिकहरुको लागि १० करोड रुपैयाँ बजेट छुट्याएको छ। एनआरएनएले उक्त बजेट राहत तथा स्वदेश फिर्ती कार्यक्रमका लागि छुट्याएको हो।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले बजेट राहत तथा स्वदेश फिर्ती कार्यक्रमलाई पुनःजारी राखेको बताएका छन्। उनले प्रवासमा दुःख कष्टमा परेका नेपालीहरुलाई सम्पर्कमा आएर समस्याको समाधानबाट मुक्त हुन अनुरोधसमेत गरेका छन्।

मलेसिया तथा मध्यपूर्वी मुलुकहरुमा कोभिड–१९ का कारण समस्यामा परेका नेपाली श्रमिकको राहत तथा स्वदेश फिर्ती प्रक्रियामा एनआरएनएले काम गर्दै आएको छ।

एनआरएनएको उक्त बजेट कार्यक्रमअन्तर्गत सात हजारभन्दा बढी समस्यामा परेका नेपाली श्रमिकलाई सहयोग गर्ने, जेल तथा नजरबन्दमा रहेकालाई कानुनी परामर्श तथा आर्थिक सहयोग पुर्याई तत्काल घर फिर्तीको व्यवस्था गर्ने, झण्डै १५ सयभन्दा बढीलाई खाना तथा अस्थायी बासको व्यवस्था गर्ने, दूतावासको समन्वयमा पुनःरोजगार तथा घर फिर्तीमा सहजीकरण गर्ने, आठ सयभन्दा बढी श्रमिकलाई काठमाडौंबाट घर जान सहयोग गर्ने, विभिन्न स्थानीय तह, १, २ र सुदूरपश्चिम प्रदेश सरकारलाई क्वारेन्टिन तथा आइसोलेसन सेन्टरहरुमा श्रमिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गर्ने, मनोसामाजिक परामर्श तथा अन्य स्वास्थ्यसम्बन्धी सहयोग गर्ने, परराष्ट्र मन्त्रालय, नेपाली दूतावास, सम्बन्धित देशका सरकार तथा सरोकारवाला निकाय, संघसंस्थासँग समन्वय गर्ने, नेपाली श्रमिकहरुले कार्यक्षेत्रमा भोग्नुपरेका समस्यासमेत संकलन गरी भविष्यमा दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने लगायत रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *