एनआरएनएले देशका सातै प्रदेशलाई मोबाइल ब्लड बस हस्तान्तरण गर्दै

डिसी नेपाल
१७ पुष २०७७ १५:००

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले देशका सातै प्रदेशलाई मोबाइल ब्लड बस दिने भएको छ। एनआरएनएका अनुसार गत हप्ता सम्पन्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले देशका सबै प्रदेशहरुमा उक्त बस उपलब्ध गराउने लक्ष्य लिएको जानकारी गराएको हो।

यसअघि एनआरएनएले चितवनको भरतपुरमा आधुनिक सुविधा सम्पन्न मोबाइल ब्लड बस हस्तान्तरण गरिसकेको छ। एनआरएनएको दोस्रो मोबाइल ब्लड बस भने सूदुरपश्चिम प्रदेशमा हस्तारण गरिने भएको हो। दोश्रो मोबाइल ब्लड बस सुदुरपश्चिम विकास क्षेत्रका सबै जिल्लाहरुमा सेवा पुर्याउने उद्देश्यले नेपाल रेडक्रस सासाइटी, धनगढीलाई उपलब्ध गराउने निर्णय भएको छ।

यस कार्यको लागि नववर्ष २०२१ को प्रथम दिनदेखि आर्थिक संकलन अभियान प्रारम्भ गरिएको एनआरएनए मोबाइल ब्लड बस परियोजनाका सचिव तथा संयोजक गौरीराज जोशीले बताए। साथै, उनले एनआरएनएको मोबाइल ब्लड बस परियोजनाको लागि आर्थिक सहयोग गरिदिन अनुरोध गरिएको जनाए।

उनका अनुसार विगतमा झैं यस मानवीय अभियानमा सम्पूर्ण एनसीसी, गैरआवासीय नेपाली अभियन्ताहरुलाई आर्थिक सहयोग गरिदिन अनुरोध गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *