ओमान जाने नेपालीले ७२ घण्टाभित्रको कोरोना नेगेटिभ रिपोर्ट बुझाउनै पर्ने
काठमाडौं। ओमान जाने नेपाली नागरिकले अनिवार्य रुपमा ७२ घण्टा भित्रको कोरोना नेगेटिभ देखाएको अंग्रेजी भाषाको पीसीआर रिपोर्ट बुझाउनै पर्ने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार त्यहाँको नागरिक उड्ययन प्राधिकरणले ओमान प्रवेश गर्ने नेपालीहरुले स्वास्थ्यसम्बन्धि मापदण्डहरु अनिवार्य रुपमा पालना गर्न आग्रह गरेको हो।
अब निःशुल्क उपचार भएका व्यक्तिबाहेक अरु सबै यात्रुले कोरोनाको उपचार समेत समेटिएको अन्तर्राष्ट्रिय स्वास्थ्य बिमा पनि अनिवार्य साथमा राख्नुपर्ने छ। यात्रा गर्नुपूर्व httpsM//covid19.emushrif.om/traveler/travel मा पीसीआर परीक्षणका लागि उपलब्ध पूर्वदर्ता फारम भर्नु पर्नेछ ।
दूतावासका अनुसार पीसीआर परीक्षणको शुल्क २५ ओमानी रियाल रहेको छ भने ओमान पुगेपछि सबैले सात दिनसम्म क्वारेण्टीनमा अनिवार्य बस्नु पर्ने छ। यस्तै ओमान प्रवेश गर्ने नेपालीले अब आफ्नो मोबाइलमा Tarassud+app डाउनलोड गरेको हुनुपर्नेछ। तर १५ वर्ष मुनिका बालबालिकाहरुलाई भने पीसीआर परीक्षण र एप अनिवार्य गरिएको छैन्।

No ads found for this position

डिसी नेपाल
Facebook Comment