पोचेटिनो बने पीएसजीको मुख्य प्रशिक्षक
पेरिस (एजेन्सी) । अर्जेन्टेनी प्रशिक्षक मौरिसियो पोचेटिनो फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को मुख्य प्रशिक्षक नियुक्त भएका छन्। पीएसजीले शनिबार पोचेटिनोलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ।
पीएसजीले सन् २०२२ को जुन ३० सम्मका लागि पोचेटिनोलाई प्रशिक्षक नियुक्त गरेको हो। यस्तै पीएसजीले सम्झौता थप गर्नका लागि पोचेटिनोलाई विकल्प समेत दिएको छ।
मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको पीएसजीले पोचेटिनो नयाँ प्रमुख प्रशिक्षक बनेका हुन्। पीएसजीले बुधबार टुचेललाई बर्खास्त गरेको थियो। पोचेटिनो गत सिजन इंग्लिस क्लब टोटनह्यामबाट बर्खास्तमा परेका थिए।
टोटनह्यामले पोचेटिनोलाई सन् २०१९ को नोभेम्बरमा बर्खास्त गरेको थियो। पोचेटिनोलाई बर्खास्त गरेर उसले जोसे मोरिन्होलाई मुख्य प्रशिक्षक चयन गरेको थियो।
पोचेटिनोले पीएसजीबाट सन् २००१ देखि ३ सम्म खेलेका थिए। पीएसजी यस सिजनको लिग वानमा तेस्रो स्थानमा रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment