साउदीले बन्द गरेको अन्तर्राष्ट्रिय उडान खोल्यो
काठमाडौं। साउदी अरेबियाले दुई हप्तादेखि बन्द गरेको अन्तर्राष्ट्रिय उडान खोलेको छ। बेलायतमा कोभिड–१९ को नयाँ रुप देखिएसँगै साउदीले पनि स्वास्थ्य सतर्कता अपनाउँदै गएको डिसेम्बर २० देखि बन्द गरेको अन्तर्राष्ट्रिय उडान आज (आइतबार)देखि खोलेको हो।
अब साउदी अरबमा वायु, जमिन र सामुद्रिक मार्गबाट पुनःप्रवेश शुरु भएको छ। यद्यपि बेलायत, दक्षिण अफ्रिकासहितका केही देशका लागि भने आंशिक प्रतिबन्ध कायमै छ। ती देशका नागरिकहरुलाई साउदी अरब प्रवेशअघि १४ दिन आफ्नो मुलुकबाहिर रहेको हुनुपर्नेछ।
त्यस्तै, उक्त देशबाट आउने साउदीका नागरिकले पनि १४ दिनसम्म आफ्नो घरमा क्वरेण्टीनमा बस्नुपर्ने साउदीको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो बीचमा क्वेरीण्टीनमा बसेको ४८ घण्टा र तेह्रौं दिनमा पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ।
यी देश बाहेकका देशबाट आएका यात्रुलाई भने पीसीआर परीक्षण रिपोर्ट र सात दिनसम्मको होम क्वरेण्टीन अनिवार्य गरेको जनाइएको छ। साउदीको नागरिक उड्डयनले साउदी छाड्न चाहने विदेशी नागरिकका लागि एकतर्फी उडान भने डिसेम्बर २९ मा नै खुला गरिसकेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment