देशभर मौसम बदली, काठमाडौंमा विहानदेखि हल्का वर्षा

डिसी नेपाल
२० पुष २०७७ ७:४५
220
Shares

काठमाडौं । पश्चिमी बायुका कारण हिमाली जिल्लाहरुमा सुरु भएको हिमपातसँगै देशभरको मौसम विग्रिएको छ। राजधानी काठमाडौं उपत्यकामा पनि सोमबार (आज) विहानैदेखि हल्ला वर्षा भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु शुक्रबारबाट भित्रिएको थियो। त्यसको न्यूनचापीय प्रणालीको प्रभावका कारण आजदेखि देशका पश्चिमी भूभागमा बदली, वर्षा र हिमाली जिल्लाहरुमा हिमपातको सम्भावना रहेको छ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू–भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न। १ को भू(भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।’
अहिले नेपाल प्रवेश गरेको वायुका कारण हिमाली भेगमा हिमाल, पहाडी क्षेत्रमा जाडो बढी हुने मौसमविद्हरुको भनाई छ। उनीहरुका अनुसार वर्षा भयो भने चिसो ह्वातै बढ्छ।

मौसम विभागले चेतावनी तथा परामर्श भन्दै लेखेको छ, ‘देशका उच्च पहाडी र हिमाली भू(भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पहाडि भू(भागका थोरै स्थानहरुमा हल्का बर्षा हुने सम्भावना रहेकोको पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउनहुन तथा बदलि, बर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा केहि गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेको ले चिसोबाट बच्न सजग रहनुहुन सबैमा अनुरोध छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *