मेस्सीले पुनरागमनपछि ला लिगामा खेलेको ५०० औं खेलमा बार्सिलोनाको जित

डिसी नेपाल
२० पुष २०७७ ११:०१

काठमाडौं । लियोनल मेस्सीको पुनरागमनपछि बार्सिलोनाले हुएस्कामाथि ०–१ को जित हात पारेको छ । बार्सिलोनाको एक मात्र गोलमा लियोनल मेस्सीले सघाए । हुएस्काको घरेलु मैदानमा स्पेनिस ला लिगा अन्तगर्त गएराति सम्पन्न खेलमा मेस्सीले बललाई उचाल्दै फ्रेन्की डे जङ्गसम्म पुर्याउँदा जङ्गले गोलको दिशा दिए । पहिलो हाफमै मेस्सीले गरेको फ्री किक क्रसबारबाट उछिट्टिएपछि बार्सिलोनाले सुरुवाती अग्रता लिनबाट चुक्यो । तर २७ औं मिनेटमा मेस्सीको सहयोगमा जङ्गले गरेको गोल निर्णायक रहन गयो । दोस्रो हाफमा हुएस्काका राफा मीरले गोलपोष्ट नजिकबाट गरेको प्रहार गोलमा परिणत हुन सकेन ।

ऐबरसँग १–१ को बराबरी खेल्दा अङ्क बाँड्न पुगेको बार्सिलोनाको हुएस्का विरुद्धको जितमा मेस्सी, ओसमाने डिम्बाला र पेड्रिको प्रयास महत्वपूर्ण रह्यो । गोलकिपर अल्भारो फर्नान्डेजले उत्कृष्ट बचाब गरे । जितसँगै बार्सिलोना शीर्ष स्थानको एटलेटिको मड्रिडभन्दा दश अङ्क कम २८ अङ्क बटुलेको छ । एटलेटिकोले बार्सिलोनाभन्दा एक कम १५ खेल खेलेको छ । दोस्रो स्थानको रियल मड्रिडले १७ खेलबाट ३६ अङ्क बटुलेको छ । रियल सोसिडाडको ३० र चौथो स्थानको भिल्लारियलको २९ अङ्क छ । मेस्सीले बार्सिलोनाका लागि ७५० औं खेल र ला लिगामा ५०० औं खेल पुरा गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *