जिम्बाबवे क्रिकेटका सम्पूर्ण गतिविधिहरु स्थगित

डिसी नेपाल
२० पुष २०७७ ११:५३

काठमाडौं । जिम्बाबवे क्रिकेटले क्रिकेटका सम्पूर्ण गतिविधि केही समयका लागि स्थगित गरेको छ । कोभिड–१९ को सङ्क्रमण दर बढेपछि जिम्बाबवे क्रिकेटले केही समयका लागि सबै गतिबिधि बन्द गर्ने निर्णयमा पुगेको हो ।

खेलकुद तथा मनोरञ्जन आयोगले एक वक्तब्य जारी गरी कोभिड–१९ को बढ्दो सङ्क्रमण दरलाई नियन्त्रणमा राख्न सरकारले जारी गरेको लकडाउन प्रतिबन्धलाई सघाउन यस प्रकारको निर्णय गरिएको उल्लेख गरेको छ । जिम्बाबवे क्रिकेटले सोमबारदेखि नै घरेलु टी ट्वान्टी प्रतियोगिता सुरु गर्ने तालिका थियो । जिम्बाबवे क्रिकेटले चुनौतीपूर्ण समय सकिए लगत्तै पुर्नतालिका गरिने उल्लेख गरेको छ । जिम्बाबवे क्रिकेटले गत् नोभेम्बर महिनामा पाकिस्तान भ्रमण गरेको थियो । जिम्बाबवेले गत्वर्ष अगष्ट महिनामा अफगानिस्तानलाई आयोजना गर्ने तालिका रहेको थियो । भारतले समेत जिम्बाबवे भ्रमण गर्ने तालिका रहेकोमा रद्द भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *