कराँची किंग्सका प्रमुख प्रशिक्षकमा हर्सेल गिब्स

डिसी नेपाल
२० पुष २०७७ १२:२६

काठमाडौं । कराँची किंग्सले दक्षिण अफ्रिकाका पूर्ब ब्याट्सम्यान हर्सेल गिब्सलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको छ । गत् वर्ष सेप्टेम्बरमा किंग्सका प्रमुख प्रशिक्षक डीन जोन्सको निधन मुम्बईमा भएपछि उक्त जिम्मेवारीमा हर्सेल गिब्सलाई नियुक्त गरिएको छ । कराँचीसुपर किंग्सले गत् नोभेम्बरमा सम्पन्न पाकिस्तान सुपर लिगको उपाधि पहिलोपटक हात पार्दा उक्त जित डीन जोन्समा समपर्ण गरेको थियो । अफ्रिकी ब्याट्सम्यान हर्सेल गिब्सले कराँचीका प्रमुख प्रशिक्षक नियुक्त हुनु अघि लङ्का प्रिमियर लिगमा कोलम्बो किंग्सका लागि उक्त जिम्मेवारीमा थिए । कोलम्बो किंग्सले लिग चरणमा जित हात पार्दै सेमीफाइनलसम्मको यात्रा तय गरेको थियो ।

हर्सेल गिब्सले यसअघि कुवेत क्रिकेटको प्रशिक्षकसँग अफगानिस्तानको घरेलु क्रिकेट प्रवर्धन गर्न समेत भूमिका निर्वाह गरेका छन । गिब्ससँगै कराँची किंग्सको प्रमुख प्रशिक्षक हुने दौडमा उनका पूर्ब सहखेलाडी एवम् अफ्रिकाका ओपनर ब्याट्सम्यान गैरी कस्र्टन समेत थिए । कराँची किंग्सले पाँच पटक पाकिस्तान सुपर लिगमा स्पर्धा गरेकोमा गिब्स तेस्रो प्रशिक्षक हुन । सन् २०१७ को पहिलो लिगमा कराँची किंग्सको प्रशिक्षक मिक्की आर्थर थिए । उक्त फ्रेञ्चाइजको अध्यक्ष पाकिस्तानका पूर्ब अलराउन्डर वसिम अकरम हुन । जनवरी १० मा पीएसएलले छैठौं संस्करणको लिगको लागि खेलाडीको ‘अक्शन’ गर्दैछ । प्रत्येक टोलिले आठ खेलाडी अनुबन्धन गर्न पाउनेछन् । एकजना विदेशी खेलाडी रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *