बिबिएल : सन्दीप सम्मिलित हुरीकेन्सलाई १८४ रनको लक्ष्य

डिसी नेपाल
२० पुष २०७७ १२:५१

काठमाडौं । अष्ट्रेलियामा जारी बिग बास लिग अन्तर्गत होबर्ट हुरीकेन्स र मेलबर्न स्टार्स बीचको खेलमा मेलबर्नले हुरीकेन्सलाई १८४ रनको लक्ष्य दिएको छ । होर्बटमा जारी खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको मेलर्बनले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८३ रन बनायो । मेलर्बनका लागि मार्कुस स्टोनिसले ९७ रनको अविजित पारी खेले । ५५ बलको सामना गरेका उनले समान ७ चौका र छक्का प्रहार गरे । मेलबर्नका लागि हिल्टोन कार्लवेथ (३६), निकोलोस पुरन (२६) र ओपनर आन्ड्रे फेल्थरले (१०) रन बनाए ।

यसअघि टस जितेर पहिले बलिङ गरेको नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित होबर्ट हुरीकेन्सका लागि बलिङमा नथन ईलिसले (३), रिले मेरिदिथले (२) र सन्दीप लामिछानेले एक विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले ३६ रन खर्चेर एक विकेट लिएका हुन । उनले मेलबर्नका कप्तान ग्लेन म्याक्सवेललाई आफ्नो दोस्रो ओभरको दोस्रो बलमा एलबिडब्लुको शिकार बनाए । पहिलो दुई ओभर किफायती बलिङ गर्दै उनले मात्र ५ रन खर्चेर एक विकेट लिएका थिए । १८४ रनको लक्ष्य पाएको हुरीकेन्सले केही बेरमा ब्याटिङ गर्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *