त्रिभुवन विमानस्थलबाट ५० राउन्ड गोली र पेस्तोलसहित एक जना पक्राउ
फाइल फाेटाे।
काठमाडाैं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा मेचीनगर२ का बद्रीहाङ राई छन्। उनी १२ बजेर २५ मिनेटमा श्री एयरलाइन्सको जहाजबाट झापाको भद्रपुर जाने क्रममा थिए।
विमानस्थलमा चेकजाँचका क्रममा स्क्रिनमा शंकास्पद वस्तु रहेको देखिएपछि थप अनुन्धान र खानतलासी गर्दा ५० राउन्ड गोलीसहित पेस्तोल बरामद भएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment