विश्वकै सबैभन्दा शक्तिशाली युवती : सात बर्षको उमेरमा उठाउछिन ८० किलो वजन
काठमाडौं । क्यानाडाकी रोरी भ्यानको उमेर मात्र ७ बर्षको भयो। उनी अन्य युवतीहरु जस्तै सामान्य देखिन्छिन। उनको खानापान पनि अरुको जस्तै सामान्य छ, तर कडा परिश्रम र प्रशिक्षणको माध्यमबाट उनले आफूलाई विश्वको सबैभन्दा शक्तिशाली युवतीको रूपान्तरण गरेकी छिन। उनी हालसालै वेटलिफ्टिङमा संयुक्त राज्य अमेरिकाको अण्डर ११ र अण्डर १३ युथ राष्ट्रिय च्याम्पियन बनेकी छिन। उनी अमेरिकी इतिहासकै सबैभन्दा कान्छी राष्ट्रिय च्याम्पियन बन्न सफल भएकी छिन ।
रोरी भन्छिन, “मैलै पाँच वर्षका उमेर दखिनै वेटलिफ्टिङ गर्दै आएको छु । मैले मेरो बुबासँग तौल उठाउन शुरू गरेपछि मलाई नयाँ डम्बल र बार घण्टी दिनुपर्ने सम्झौता गरेको थिए । प्रत्येक दिन म मेरो क्षमता वृद्धि गर्न कोशिसमा लागेको छु। २०–२० ग्राम तौल बढनु मेरो लागि एक ठूलो उपलब्धि हो। म ५ वर्षको हुँदासम्म मैले मेरो शरीरको तौल भन्दा तीन गुणा बढी वजन उठाउन थालेको थिए।” उनले भनिन, “पिज्जा मलाई मनपर्छ। म धेरै चकलेट पनि खान्छु तर त्यसबाट मैले आवश्यक प्रोटीन प्राप्त गर्दछु। किनकि मेरो उमेर छिटै बढदै गएको छ। मलाई डाइटमा कुनै नियन्त्रणको आवश्यक्ता पर्दैन। म हप्ताको ४ घण्टा भारोत्तोलन, ९ घण्टा व्यायामशालामा अभ्यास गर्ने गर्दछु । मैले युट्यूबमा अमेरिकाकी टोलीकी वेटलिफ्टर क्रिस्टिना पोपलाई देखेकी थिए । त्यसपछि म वेटलिफ्टिङको शौखिन भए । मेरो लागि उनीहरु प्रेरणाका स्रोत हुन्। मेरो परिवारमा म एक मात्र खेलाडी हुँ। मेरा आमा बुबाले कुनै खेल खेल्नुहुन्न, भाइको संगीतमा रुचि छ।”
उनले भनीन, “म हाल २०२१ युएसए वेटलिफ्टिङ युथ नेश्नलको लागि तयारी गर्दैछु। मेरो उमेर आठ बर्षको भएपछि मैले पावरलिफ्टिङ को पनि तयारी सुरु गर्नेछु। अहिले स्कूलहरू अब बन्द भएको कारण मैले खेलकुदमा बढी समय बिताईरहेको छु। स्कूल सुरु हुँदा पनि मैले आउने जाने क्रममा अभ्यास गर्थें।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment