नयाँ बर्षसँगै नयाँ ट्रान्सफर विन्डो, मेस्सी अब कता ?

डिसी नेपाल
२० पुष २०७७ १४:५५

काठमाडौं । नयाँ बर्ष र त्यो सँगै नयाँ ट्रान्सफर विन्डो साथै फुटबल खेलाडीहरु माझ आफ्नो भबिष्य बनाउने अर्को मौका । लियोनल मेस्सी देखी सर्जियो रामोस, पउल पोग्बा देखी सर्जियो एगुएरो जस्ता स्टार खेलाडीहरु यो बर्ष नयाँ क्लबहरुसँग जोडिने सम्भावना रहेको छ । यी खेलाडी मध्ये अधिकतमको करार आउने जुन महिनामा सकिदैछ । कुन खेलाडी कुन क्लबमा सम्मिलित हुने सम्भावना ?

लियोनल मेस्सी (बार्सिलोना), संभावित क्लब म्यान्चेस्टर सिटी :  मेस्सीको करार अन्तिम चरणमा अर्थात सकिने क्रममा रहेको छ । उनले सन २०११ देखी बार्सिलोनाका लागि खेलीरहेका छन । तर अब उनी गुआर्डिओलाका क्लब सिटीसँग जोडिने सम्भावना रहेको छ । यता पीएसजीको ध्यान पनि मेस्सी तिर रहेको छ ।

सर्जियो एगुएरो (म्यान्चेस्टर सिटी), सम्भावित क्लब स्वतन्त्र : गार्डियोलाले एगुएरोसँग कुरा भईरहेको यसअघिनै बताएका छन । उनको खराब फिटनेस पनि एउटा मुख्य कारण हो । ३२ बर्षीय एगुएरोले जारी सिजनमा मात्र ५ खेल खेलेका छन ।

हालन्द (बोरुसिया डर्टमन्ट), सम्भावित क्लब  म्यान्चेस्टर युनाईटेड : २० बर्षीय हालन्दले जर्मन क्लब छोडने सम्भावना रहेको छ । युनाईटेडले सान्चाकोे ठाउमा हालन्दसँग करार गर्ने प्रयासमा रहेको छ । रियल म्याड्रिड र बार्सिलोनाले पनि हालन्दमा रुची देखाएको छ ।

सर्जियो रामोस (रियल म्याड्रिड), सम्भावित क्लब  पीएसजी : रियल म्याड्रिडका कप्तान सर्जियो रामोस पीएसजीसँगको करारमा सबैभन्दा अगाडी रहेका छन । तर रामोससँग म्याड्रिडले करार अबधि २ बर्ष लम्ब्याउने सम्भावना रहेको छ । किनभने कोभिड–१९ का कारण क्लबले नयाँ खेलाडी भित्रर्‍याउने सम्भावना कम रहेको छ ।

पउल पोग्बा (म्यान्चेस्टर युनाईटेड), सम्भावित क्लब  युभेन्टस : युनाईटेडले समर सिजनमा पउल पोग्बालाई बेच्ने सम्भावना रहेको छ । किनभने पोग्बाले क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्न अस्विकार गरेका छन । पोग्बालाई क्लबमा भित्रर्‍याउने लाईनमा युभेन्टस, रियल म्याड्रिड र पीएसजी पनि रहेका छन ।

पीएसजीका एम्बाप्पेको करार २०२२ सम्म रहेको छ । लिवरपूल र रियलले एम्बाप्पेसँग वार्ता गरिरहेको छ ।

लिवरपूलका मोहम्मद सालाह माथि स्पेनिश क्लब रियल म्याड्रिड र बार्सिलोनाको ध्यान केन्द्रित रहेको छ । युभेन्टसका डायबाला टोटेनहम वा युनाईटेड जाने सम्भावना रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *