सन्दीप सम्मिलित टोली हुरीकेन्स पराजित

डिसी नेपाल
२० पुष २०७७ १५:४१

काठमाडौं । अष्ट्रेलियामा जारी बिग बास लिगमा सन्दीप सम्मिलित टोली होर्बट हुरीकेन्स पराजित भएको छ । हुरीकेन्सलाई मेलबर्न स्टार्सले १० रनले पराजित गरेको हो । हुरीकेन्सका ओपनर बेन म्याकडेरमोटले ५८ बलमा ९१ रनको पारी खेलेपनि टोलीलाई हारबाट बचाउन सकेनन । हुरीकेन्सका तर्फबाट डबिड मलनले (२६), कप्तान पिटर ह्यान्डसकोमले (२१) र कोलनि इनग्रामले (१७) रन बनाएका थिए । एक सय ८४ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १७३ रन मात्र बनायो । बलिङ तर्फ मेलबर्नका स्याम रैनबिडले (२) तथा लिम ह्याचर, एडम जाम्पा र बिली स्टनलेकले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो । मेलर्बनका लागि मार्कुस स्टोनिसले ९७ रनको अविजित पारी खेले । ५५ बलको सामना गरेका उनले समान ७ चौका र छक्का प्रहार गरे । मेलबर्नका लागि हिल्टोन कार्लवेथ (३६), निकोलोस पुरन (२६) र ओपनर आन्ड्रे फेल्थरले (१०) रन बनाएका थिए । टस जितेर पहिले बलिङ गरेको नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित होबर्ट हुरीकेन्सका लागि बलिङमा नथन ईलिसले (३), रिले मेरिदिथले (२) र सन्दीप लामिछानेले एक विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले ३६ रन खर्चेर एक विकेट लिएका थिए । उनले मेलबर्नका कप्तान ग्लेन म्याक्सवेललाई आफ्नो दोस्रो ओभरको दोस्रो बलमा एलबिडब्लुको शिकार बनाएका थिए । पहिलो दुई ओभर किफायती बलिङ गर्दै उनले मात्र ५ रन खर्चेर एक विकेट लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *