एन्फाद्वारा नियमहरू माथि ‘बी’ डिभिजन क्लबहरूसँग छलफल

डिसी नेपाल
२० पुष २०७७ १७:५३

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले सोमवार ‘बी’ डिभिजन क्लबहरूसँग शहीद मेमोरियल ‘बी’ डिभिजन लिग प्रतियोगिताको नियमनबारे छलफल गरेको छ । प्रतियोगिता फेब्रेवरी २३ बाट सुरुहुने यसअघिनै एन्फाले जनाई सकेको छ । नियमनबारे एन्फा कार्यकारी समितिका सदस्य रमेश रायमाझी र प्रतियोगिता निर्देशक संजीब मिश्राले क्लबहरुसँग छलफल गरेका छन ।

छलफल पछि बैठकले हरेक क्लवले ३५ जनाको सट्टा ४० खेलाडीलाई क्लवमा अनुबन्ध गर्न पाउने अनुमति दिन सहमति जनाएको छ । यस्तै दुई अफिसियल राख्नुपर्ने र त्यसमा दुबै जना स्वास्थ्य सम्बन्धी पदाधिकारी हुने अनुमति क्लबले पाएको छ । साथै लिगमा फिफाको नियम अनुसार पाँच जना खेलाडीलाई सब्सिच्युट गर्न पाउने ब्यवस्था गरिएको छ । यसअघि खेलमा तीन जनामात्र खेलाडीलाई सब्सिच्युट गर्न पाउने नियम थियो । यसअघि एन्फा र क्लबबीच डिसेम्बर २३ तारिखमा भएको बैठकमा बी डिभिजन लिग फेब्रेवरी २३ बाट सुरु गर्ने तय भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *