बंगलादेशको प्रारम्भिक टोलीमा परे शाकिब

डिसी नेपाल
२० पुष २०७७ १८:११

काठमाडौं । बंगलादेशका अलराउण्डर शाकिब अल हसन राष्ट्रिय टिममा फर्किएका छन् । बंगलादेश क्रिकेट बोर्डले सोमरबार जारी गरेको वेष्ट ईण्डिज विरुद्धको टेष्ट र एक दिवसीय सिरिजको प्रारम्भिक सूचीमा उनको नाम पनि रहेको छ ।

उनी एक वर्षको प्रतिबन्धमा परेका थिए । इण्डियन प्रिमियर लिग (आईपीएल)को बेला आफूलाई म्याच फिक्सिङकालागि आएको प्रस्थाव बोर्डमा जानकारी नदिएको कारण उनी प्रतिबन्धमा परेका थिए । एक वर्षको प्रतिबन्ध सकेर उनले बंगलादेशको घरेलु लिग पनि खेलेका थिए ।

यस्तै बंगलादेशका पूर्व कप्तान मशरफे मोर्तजा भने उक्त टिममा परेका छैनन् । उक्त प्रारम्भिक सूचीमा परेका खेलाडीबीच जनवरी १४ र १६ मा अभ्यास खेल हुनेछ र त्यसपछि टिमको टुंगो लाग्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *