शाकिब अल हसन बंगलादेश टोलीमा फर्किए, यस कारण उनीमाथि लगाइएको थियो प्रतिबन्ध

डिसी नेपाल
२० पुष २०७७ १८:५७

काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले वेस्टइंडीज बिरुद्धको टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय सीरीजको लागि सुरुवाती टोलीमा शाकिब अल–हसनलाई स्थान दिएको छ। स्टार आलराउन्डरले सट्टेबाजसँग सम्पर्कको बारेमा जानकारी नदिएकोमा प्रतिबन्ध लगाएपछि पुनः टोलीमा पुनरागमन गरेका हुन । एकदिवसीय ढाँचाको क्रिकेटमा देशकै सबैभन्दा सफल बलर तथा पूर्व कप्तान मशराफी मोर्तजालाई २४ सदस्यीय एकदिवसीय टोलीमा समावेश गरिएको छैन। वेस्टइंडीजको बंगलादेश भ्रमण जनवरी २० बाट ढाकामा एकदिवसीय अन्तर्राष्ट्रियबाट सुरु हुनेछ । अन्य दुई एकदिवसीय खेल २२ जनवरी (ढाका) र २५ जनवरी (चटगाउँ) मा खेलिने भएको छ। त्यस्तै पहिलो टेस्ट फेब्रुअरी ३ देखि ७ सम्म चटगाउँमा र दोस्रो टेस्ट फरवरी ११ देखि १५ सम्म ढाकामा हुनेछ।

इन्डियन प्रीमियर लीग (आईपीएलको)को समयमा कथित भारतीय सट्टेबाजसँगको सम्पर्कको बारेमा जानकारी प्रदान गर्न असफल भएकोले देब्रे हाते ब्याट्सम्यानलाई एक बर्षको लागि निलम्बन गरिएको थियो। शाकिबको प्रतिबन्ध गत वर्ष अक्टोबर २९ मा समाप्त भएको थियो। यो प्रतिबन्ध भन्दा पहिले उनी बंगलादेशका टेस्ट र टी–२० कप्तान थिए।

सुरूवाती टोलीहरू निम्नानुसार छन् :

एकदिवसीयः तमीम इकबाल (कप्तान), मोमिनुल हक, तस्कीन अहमद, खालिद अहमद, शाकिब–अल–हसन, हसन महमूद, नजमुल हुसैन शंटो, मु्स्तिफजुर रहमान, मुश्फिकुर रहीम, मेहदी हसन मिराज, मोहम्मद मिथुन, तइजुल इस्लाम, लिटन दास, नुरूल हसन, यासिर अली, शादमान इस्लाम, सैफ हसन, नईम हसन, अबू जाएद, इबादत हुसैन ।

टेस्टः मोमिनुल हक, तस्कीन अहमद, तमीम इकबाल, खालिद अहमद, शाकिब अल हसन, हसन महमूद, नजमुल हुसैन शंटो, मुस्तिफजुर रहमान, मुश्फिकुर रहीम, मेहदी हसन मेराज, मोहम्मद मिथुन, तइजुल इस्लाम, लिटन दास, नुरूल हसन, यासिर अली, शादमान इस्लाम, सैफ हसन, नईम हसन, अबु जायेद, इबादत हुसैन ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *