पारस खड्का कोरोना संक्रमण मुक्त

डिसी नेपाल
२० पुष २०७७ १९:४०
120
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का कोरोना संक्रमित मुक्त भएका छन्। क्यानको बन्द प्रशिक्षणसमेत सहभागिता जनाएका पारस विगत २५ दिन देखी कोरोना संक्रमित रहेका थिए। उनको कोरोना परीक्षणको सोमबार आएको रिपोर्टमा संक्रमण मुक्त पुष्टि भएको हो।

क्रिकेटर खड्काले आफू कोरोना पोजेटिभ मुक्त भएको भन्दै सामाजिक संजालमा लेख्दै यो समयमा साथ दिने सबैलाई धन्यबाद दिएका छन । पारसले घरमै आइसोलेशनमा बसेर कोरोना मुक्त भएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। उनले अब २०२१ का लागि आफु तयार रहेको प्रतिक्रिया दिएका छन । कोरोना संक्रमण भएसँगै उनले गौतम बुद्ध कप क्रिकेट प्रतियोगितासमेत गुमाएका थिए। प्रतियोगितामा उनी बागमती प्रदेश टिमको कप्तानसमेत थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *