अमेरिकाको सभामुखमा पेलोसी पुनः निर्वाचित

डिसी नेपाल
२० पुष २०७७ १९:५४

वासिङ्टन । अमेरिकाको सभामुखमा फेरि पनि नान्सी पेलोसी नै निर्वाचित भएकी छन् । डेमोक्रयाटको तर्फबाट पुनः उम्मेदवारी दिएपछि डेमोक्र््याटकै बहुमत रहेकाले झिनो मतान्तरले उनि पुनः निर्वाचित भएकी हुन् ।

अघिल्लो कार्यकालमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसदीय र लोकतान्त्रिक मर्यादा र प्रक्रिया उलङ्घन गर्न नदिन सकारात्मक भूमिका निभाएकी थिइन् । त्यसैगरी कोरोनाभाइरसको महामारी व्यवस्थापनका लागि भएको हेलचक्र््याई प्रति पनि उहाँले सरकारलाई सचेत गराइरहेकी थिइन् ।

उहाँले विगतमा राम्रो भूमिका खेलेकाले उहाँलाई नै फेरी जिम्मेवारी दिन हामी तयार भयौँ, एक सांसदले भने । सभामुख पेलोसी थप दुई बर्षका लागि पुनः निर्वाचित भएकी हुन् । यो नै उनको अन्तिम कार्यकाल हुने संभावना रहेको छ ।

उनले कोरोनाका कारण जीवन गुमाएका तीन लाख ५० हजारभन्दा बढी नागरिक, रोजगारी गुमाएका व्यक्ति र समस्यामा परेका सवैका लागि आफ्नो तर्फबाट जिम्मेवारी बहन गर्ने अठोट व्यक्त गरिन् ।

सभामुखमा उनका विरुद्धमा म्याककार्थीलाई उम्मेदवार बनाइएको थियो । उनले झिनो मतान्तरले पराजय भोग्नु परेको छ ।  औपचारिक रूपमा सार्वजनिक गरिएको नतिजा अनुसार पेलोसीले २१६ मत प्राप्त गर्दा म्याककार्थीले २०९ मत प्राप्त गरेका थिए।

कोरोनाभाइरस नियन्त्रणसम्वन्धी निर्देशिकालाई पालना गर्दै निर्वाचन गरिएको थियो । उनीहरुलाई सामाजिक दुरी कायम गर्न, मास्क लगाउन र सेनिटाइजर वा सावुन पानी प्रयोग गर्न पनि लगाइएको अधिकारीहरूले जनाएका छन् ।

डेमोक्र््याटका तर्फबाटै राष्ट्रपति निर्वाचित भएका जो बाइडेनले पदबहाली गर्न १७ दिन बाँकी रहँदा पेलोसी अमेरिकी सभामुखका रूपमा पुनः निर्वाचित भएकी हुन् । अमेरिकामा नवनिर्वाचित राष्ट्रपतिलाई जनवरी २० तारिखमा सपथ ग्रहण गराउदै पद बहाली गराउने प्रचलन रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *