कक्षा १२ काे रिजल्ट माघ पहिले हप्तामा
फाइल फाेटाे।
काठमाडौं । कक्षा १२ को नितिजा माघ पहिलो सातासम्म प्रकाशित हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत मंसिरमा लगेको कक्षा १२ को परीक्षाको नतिजा माघमा प्रकाशन गर्ने भएको हो।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार हाल उत्तर पुस्तिका परीक्षण सकिएको छ। कोरोना लागेर परीक्षा दिन छुटेका विद्यार्थी संख्या थोरै भएकाले मिलाएरै परीक्षाफल प्रकाशित हुने छ।
गत मंसिर ९ गतेदेखि १६ गतेसम्म भएको परीक्षामा नेपाभरबाट ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थी सहभागि भएका थिए। कोरोना संक्रमित विद्यार्थीका लागि पुस १६ गतेदेखि २३ गतेसम्म परीक्षा संचालनमा रहेको छ।
कोरोना महामारीका कारण बैशाख÷जेष्ठमा हुनुपर्ने कक्षा १२ को परीक्षा मंसिरमा भएको थियो। यतिबेला कक्षा १२ को परीक्षाफलको प्रतिक्षा गरिरहेका विध्यार्थीहरु स्नातक पढीरहेका हुने थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment