विदेश लगेर मानव बेचबिखन गर्न खोज्ने पक्राउ

डिसी नेपाल
२१ पुष २०७७ १५:०२

काठमाडौं। भिजिट भीसामा दुबई लगेर मानव बेचबिखन गर्न खोज्ने महोत्तरी खयरमारा घर भएका मङ्गले तामाङ भन्ने ३५ वर्षीय जितबहादुर भुजेल पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने भुजेललाई मंगलबार काठमाडौंस्थित सुकेधाराबाट पक्राउ गरेको हो।

उनले एक ३५ वर्षीय पुरुषलाई घरायसी कामको लागि दुबई लैजाने भन्दै ललाई फकाई राहदानी बनाउन लगाएर बैशाख २७ गते २०७३ मा एक जना अपरिचित व्यक्तिको साथमा काठमाडौंस्थित विमानस्थलभित्र पठाएका थिए। प्रहरीका अनुसार राहदानी जाँच गर्ने क्रममा उनलाई घरायसी काममा नभई झुक्याएर भिजिट भीसामा लगेर दुबईमा बेचबिखन गर्न लागेको खुलेको थियो।

खोजी तथा अनुसन्धान गर्ने क्रममा पक्राउ परेका उनीमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *