प्रचण्ड–नेपाल समूहले प्रदेश २ नेकपा संसदीय दलका नेताबाट मण्डललाई हटायो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रदेश २ को संसदीय दलका नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ।
नेकपा प्रचण्ड–नेपाल समूहको आज बसेको संसदीय दलको बैठकबाट दलका नेतामा शत्रुघन महतोलाई चयन गरी मण्डललाई दलको नेताबाट हटाएको हो।
प्रदेशसभामा नेकपाका ३२ सदस्यमध्ये १९ जनाले मण्डलविरूद्ध अविश्वास प्रस्तावमार्फत् संसदीय दलका नेताबाट हटाएका हुन् । यस्तै, प्रदेश २ संसदीय दलको उपनेतामा रामकुमार यादव, प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा बेची लुङ्गेली छन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment