ओमानमा अलेखबद्ध भएका नेपालीहरूलाई घर फर्किन थपियो समयावधि

डिसी नेपाल
२२ पुष २०७७ ११:३९

काठमाडौं। ओमान सरकारले अलेखबद्ध भएका नेपालीहरूका लागि घर फर्कन पाउने समय थपेको छ। ओमानस्थित नेपाली दूतावासका अनुसार ओमान छोड्नका लागि श्रमसम्बन्धी कुनै पनि किसिमको जरिवाना तिर्नु नपर्ने निर्णय भएअनुसार उक्त अवधि थपिएको हो।

यसअघि ओमानको श्रम मन्त्रालयले १० नोभेम्बर २०२० मा ओमानमा विभिन्न समयदेखि अलेखबद्ध भई काम गरिरहेका नेपाली नागरिकहरू आफ्नै खर्चमा स्वदेश आउन चाहेमा १५ नोभेम्बरदेखि ३१ डिसेम्बर २०२० सम्म श्रमसम्बन्धी कुनै पनि किसिमको जरिवाना तिर्नु नपर्ने निर्णय गरेको थियो। र, त्यो समयमा केहि नेपालीहरु स्वदेश आइसकेका पनि छन्। थप आउन चाहने नेपालीहरुको लागि अहिले सो अवधि आउँदो मार्च २०२१ सम्मका लागि थपिएको छ ।

त्यस्तै, दूतावासले ओमानमा कामदार अनुमित पत्र तथा भीसा सकिएर वा लामो समयदेखि आफ्नो स्पोन्सरको सम्पर्क बाहिर रहेका नेपालीहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

यसरी नेपाल आउन चाहने नेपाली नागरिकहरूले (पासपोर्टको म्याद सकिएर ट्राभल डकुमेन्ट बनाउन परेमा वा यससम्बन्धी थप केही बुझ्न परेमा) नेपाली मस्कटस्थित नेपाली दूतावास र दिनेश ढकाल श्रम सहचारीसँग सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *