सर्जुन राईको म्युजिक भिडियो ‘दैलो’ सार्वजनिक
काठमाडौं। पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय गायक सर्जुन राईको स्वरमा सजिएको ‘दैलो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
जसमा सर्जुनलाई सानु तामाङले साथ दिएका छन । यस गीतमा शब्द तथा संगीत बिश्वराज राई मास्टर मिक्सिङ रोमन बज्राचार्यको रहेको छ।
लोकपप शैलीको यस गीतको भिडियोमा नग्मा श्रेष्ठ, रुपेश राई र सीता राईको अभिनय रहेको छ।
खोटाङको रमणीय स्थानहरु रुपाकोट, बुइपा, लेक्पा, मुढे , नुनथला, अर्खौले, जयरामघाट लगाएतमा ठाउँमा खिचिएको भिडियोको निर्देशन तथा छायांकनमा अनिल के मानन्धरको रहेको छ।
लोकपप शैलीको यस गीतले बिहे गरेर लाहुर गएको आफ्नो प्रेमीले प्रेमिकालाई कतिसम्म माया गर्छन र कतिसम्म कुर्छन भन्ने बिषयलाई प्रस्तुत गरिएको छ।
खोटाङ जन्मथलो रही राजधानीमा आफ्नो कर्मथलो बनाएर केही बर्षयता साँगीतिक क्षेत्रमा संघर्षशिल सर्जुन राईको यस गीतले सबै दर्शकश्रोताको मन जित्ने टिमको बिश्वाससमेत रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment