मेनपावर कम्पनीलाई सुरुमै पासपोर्ट नबुझाउन विभागको आग्रह (सूचनासहित)
काठमाडौं। नेपाल वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जान लागेका नागरिकलाई अन्तरवार्तामा छनौट हुनुभन्दा अगाडि नै आफ्नो पासपोर्ट इजाजतपत्रवाला संस्था (मेनपावर)लाई नबुझाउन आग्रह गरेको छ। वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउने उद्देश्यलाई मध्यनजर गर्दै विभागले एक सूचना जारी गरी आज(बुधबार) सम्बन्धित संस्था तथा व्यक्तिहरुलाई यस्तो आग्रह गरेको हो।
विभागले वैदेशिक रोजगारीमा जाने व्यक्ति र पठाउने संस्था दुबैलाई वैधानिक रुपमा कार्य गर्न तथा गराउन अनुरोध गरेको छ।
विभागले कोहि कसैको प्रलोभनमा नपर्न आग्रह गर्दै अनलाइन पुनःश्रम स्वीकृतिको लागि सेवाग्राही आफैँले आवेदन गरी श्रम स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था भएको जानकारीसमेत गराएको छ। साथै, सेवाग्राहीलाई नठगिनको लागि विभागको वेवसाइड हेर्न अनुरोधसमेत गरिएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment