हरिवंशलाई टुँडिखेलका ज्योतिषले राजनीति गर्नु धनी हुन्छाै भनेपछि… (भिडियाे)

डिसी नेपाल
२३ पुष २०७७ ११:४३
296
Shares

काठमाडौं । हाँस्य कलाकार हरिवंश आचार्यलाई टुँडिखेलका ज्योतिषीले हातहेराउँदा धनिहुन्छ राजनीति गर्नु भनेको खुलेको छ। महसंचारको प्रस्तुतिमा हरिवंश आचार्यको शब्द तथा संगीतमा रहेको ‘एउटा कुरा छ’ बोलको गीतबाट यो कुरा सार्वजनिक भएको हो।

महसंचारको आधिकारिक यूट्यूव च्यानलमार्फत ‘एउटा कुरा छ’ गीत सार्वजनिक भएको छ। उक्त गीतमा हाँस्य कलाकार हरिवंश आचार्यले टुँडिखेको ज्योतिषीले आफूलाई धनी हुन राजनीति गर्नु भनेर गीतमार्फत व्यंग्य गरेका छन्।

उनले गीतमार्फत भनेका छन्, ‘एउटा कुरो कसैलाई भन्नु हुँदैन, यो कुरालाई गीत बनाएर गाउँनु हुँदैन्, हेर भाइ घने, टुँडिखेलमा हात देखाउँदा ज्योतिषीले धनी हुन्छौं भने, टुँडिखेलमा हातदेखाउँदा ज्योतिषीले चुनाव लड्नु भने।’

यो सबै कुरा हरिवंशले गीतमै भनेका हुन्। उनले २० घण्टा पहिला यूट्यूवमा सार्वजनिक गरेको भिडियोलाई अहिलसम्म ७० हजार बढीले हेरेका छन। यस्तै हास्य कलाकार मदन कृष्ण श्रेष्ठले लेखेका छन, ‘हरिलाई गित गाउन मन लाग्यो, मैले युट्युवमा हालिँदिए।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *