बेजोसलाई पछार्दै टेस्लाका मालिक एलन मस्क बने विश्वकै धनी
वाशिङ्टन (एजेन्सी)। अमेजनका माकिल जेस बेजोस २०१७ पछि पहिलो पटक विश्वकै धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा झरेका छन्। उनलाई अमेरिकाकै अर्का व्यवसायी एलन मस्कले पछारेका हुन्।
विद्युतीय कार उत्पादन गर्ने कम्पनी टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कलाई विश्वकै धनी व्यक्ति बनाउन नयाँ वर्षको शुरुसँगै शेयर बजारमा आएको उछालले सहयोग गरेको हो।
उनको कम्पनीका शेयरमा बिहीबारमात्र ४.८ प्रतिशतको उछाल आएको बताइएको छ। शेयरको मूल्य बढेसँगै उनको कुल सम्पत्ति १८८.५ बिलियन डलर पुगेको छ। यो सम्पत्ति अमेजनका मालिक बेजेसको भन्दा १.५ बिलियनले बढी हो।
ब्लुमवर्ग बिलिनेयर इन्डेक्सको शीर्ष सूचीमा एलन मस्क पुगेका छ। २०१७ देखि शीर्ष स्थानमा रहेका बेजोस दोस्रो स्थानमा खस्किएका छन्। टेस्ला कम्पनीले विद्युतीय कारको उत्पादन गर्छ। अहिले विश्वमै विद्युतीय कारतर्फ मानिसहरुको ध्यान बढेपछि यो कम्पनीको शेयर मूल्य लगातार बढिरहेको छ।
१७ डलर शुरु मूल्य रहेको एक शेयरको मूल्य अहिले करिब ८ सय डलर नजिक पुगेको बताइएको छ। शेयर मूल्य बढेसँगै टेस्ला कार उत्पादन गर्ने संसारकै सबैभन्दा धनी कम्पनी बनेको छ। यद्यपी फोर्ड, बीएमडब्ल्यूको तुलनामा यो एक सानो कम्पनी हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment