कुवेतमा अलपत्र परेका सात नेपाली श्रमिकको उद्धार

डिसी नेपाल
२४ पुष २०७७ १३:४७

काठमाडौं। कुवेतमा अलपत्र परेका छजना पुरुष र एक महिला गरी सात नेपालीको उद्धार गरिएको छ। उनीहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)केन्द्र र एनआरएनए कुवेतको संयुक्त सहकार्यमा एनआरएनए एनसीसी कुवेतले पीसीआर परीक्षण गरी नेपालसम्मको हवाइ टिकटको व्यवस्था गरेको हो।

गत वर्ष मार्चबाट नै कोरोनाका कारण कम्पनी बन्द भएकोले र खुलेपछि पनि काम नदिएकाले उनीहरु अलपत्र परेका थिए। उनीहरुलाई काठमाडौंदेखि घरसम्मको खर्च जुटाएर जजिरा एयरमार्फत ६ जनवरीमा नेपाल ल्याइएको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतका अनुसार उद्घार गरी स्वदेश फर्किनेहरुमा विशनबहादुर खत्री, लक्ष्मनबहादुर ढकाल, मिलनकुमार तामाङ, रामबहादुर तामाङ, विजय ग्याबक, अमर ढकाल र शान्ति विक रहेका छन्।

कुवेतमा कार्यरत नेपालीले भोग्नु परेका समस्या समाधानमा संयोजन तथा सहयोगी भूमिका खेल्दै आएको एनआरएनए कुवेतले रोजगार गुमाएका कारण नेपाल फर्कने चाहने नेपालीलाई हवाई टिकट, पीसीआर परीक्षणको प्रबन्ध मिलाउदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *