अमेरिकी संसद आक्रमणकारीले प्रयोग गरे भारतको झण्डा

डिसी नेपाल
२४ पुष २०७७ १८:४६
3.1k
Shares

काठमाडौं। बुधबार अमेरिकी संसदमा आक्रमण गर्नेहरुले भारतीय झण्डासमेत प्रयोग गरेको खुलेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन क्यापिटल हिलमा आक्रमण गरेका थिए। अमेरिकी इतिहासमै कालो दिनका रुपमा लिइएको यो घटनामा भारतीय झण्डासमेत देखिएपछि त्यसको विवाद भारतसम्म आइपुगेको छ।

भारतीय सत्तारुढ पार्टी भाजपाका नेता तथा सांसद भरुण गान्धीले ट्वीटरमा आक्रमण हुँदै गर्दाको एक भिडियो पोस्ट गरेका छन्। जसमा भारतको झण्डा समातेका मानिसहरु पनि देखिएका छन्। उनको यो भिडियोमा प्रमुख विपक्षी भारतीय काँग्रेसका नेता तथा सांसद शशी थरुरले पनि टिप्पणी गर्दै ट्रम्पसमर्थक जस्तै मानसिकता भएका भारतीयहरु पनि सहभागी भएको र सो निकै दुःखद् भएको बताएका छन्।

राष्ट्रपति चुनावमा हार व्यहोरेका ट्रम्पले आफूले चुनाव जितेको भ्रम फैलाएपछि ट्रम्पका समर्थकले क्यापिटल हिलमा जो बाइडनको जितलाई आधिकारिता दिन बसिरकेको संसदको बैठकमा आक्रमण गरेका थिए।

यो घटनापछि ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने तयारी भएपछि उनले सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *