मुम्बई आक्रमणका मुख्य आरोपी जकी उर रहमानलाई १५ वर्षको जेल सजाय

डिसी नेपाल
२४ पुष २०७७ २३:०८
524
Shares

इस्लामावाद (एजेन्सी)। पाकिस्तानको अदालतले मुम्बई आक्रमणका एक प्रमुृख आरोपी जकी उर रहमान लखवीलाई १५ वर्षको जेल सुजाय सुनाएको छ। भारतले लखवीलाई मुम्बई आक्रमणका मास्टरमाइण्ड भन्दै आएको छ।

केही साताअघि उनलाई पाकिस्तानमा गिरफ्तार गरिएको थियो। लखवीलाई आतंकवादीलाई सहयोग र पैसा जुटाउने कार्यमा संलग्न रहेको आरोपमा गिरफ्तार गरिएको थियो।

लखवीले हाफिज सईदसँग मिलेर २६÷११ आक्रमणको योजना बनाएको भारतको आरोप छ। अदालतले लखवीले आतंकवादीलाई सहयोग गरेको पुष्टि भएको जनाउँदै आज १५ वर्षको जेल सजाय सुनाएको हो।

सन् २००८ नोभेम्वर २६ का दिन लश्कर ए तैयबाका १० आतंकवादीले भारतको मुम्बईमा बम बिस्फोट गराउनुका साथै गोली चलाएका थिए। उक्त आक्रमणमा १६० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *